१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १७:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बढ्दाे विदेशी दबाब र प्रभाव परास्त गर्न राष्ट्रवादी शक्ति एक हुनुपर्छ : कमल थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १७:४३:oo

राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा विदेशी दबाब र प्रभाव बढ्दै गइरहेको बताएका छन्। 

शनिबार हेटौँडा–१३ पदमपोखरीमा आयोजित कार्यक्रममा बोल्दै थापाले अवस्थामा राष्ट्रवादी शक्ति एकजुट हुनुपर्नेमा जोड दिएका हुन्।

उनले मुलुकको स्वाधीनता र स्वाभिमानको रक्षा, राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक समृद्धि, भ्रष्टाचार अन्त्यको निमित्त राष्ट्रवादी शक्ति एकठाउँमा आउनुपर्ने आवश्यकता औँल्याए।

थापाले मुलुकमा बेथिति र कुशासन ल्याउने शक्ति जनताले चिन्नुपर्ने भन्दै भ्रष्टाचारको जालो तोड्न राप्रपा नेपाललाई रोज्नसमेत आग्रह गरे। 

मकवानपुरको अपुरो विकासका काम सम्पन्न गर्न चुनावी मैदानमा आउन चाहेको भन्दै आफूलाई अब जनताको सेवाबाहेक अरू कुनै चाहना नरहेकोसमेत प्रस्ट पारे।
राप्रपा नेपाललाई घेराबन्दी र षड्यन्त्रमा पारेर कमजोर बनाउन खोज्ने शक्ति असफल हुनेसमेत उनले दाबी गरे। 

ad
ad