
आइएमई मोटर्सले लोन मेला आयोजना सुरु गरेको छ । कम्पनीले आफूले बिक्री गर्दै आएको अशोक लेल्यान्ड खरिद गर्न इच्छुक ग्राहकलाई लक्षित गरेर लोन मेला आयोजना गर्न लागेको हो ।
कम्पनीले काठमाडौं, नेपालगन्ज, जितपुर, इटहरी र बर्दिवासमा असोज २ देखि ४ गतेसम्मका लागि र बिर्तामोड, बुटवल, धनगढी, हेटौँडा, पोखरा र दाङमा मेला सञ्चालन गरिरहेको जनाएको छ । त्यस्तै, असोज ६ देखि ७ गतेसम्म गरी दुई चरणमा सम्पन्न हुने उक्त मेलामा ग्राहकले उल्लेख्य फाइदा लिन सक्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।
ग्राहकलक्षित अफरसहित यस प्रकारको फाइनान्स सुविधा पनि कम्पनीले आफ्ना ग्राहकलाई दिँदै आइरहेको जनाएको छ । साना गाडी दोस्त, ट्रक–टिप्पर साथै बसहरूमा यो सुविधा उपलब्ध हुने जनाइएको छ । नेपालभरका सम्पूर्ण शाखाहरूबाट यो सुविधा लिन सकिने कम्पनीले जनाएको छ । मेलामा अशोक लेल्यान्ड गाडीहरूका लागि कम ब्याजदरमा अधिकतम फाइनान्स सुविधासहित स्थलगत निर्णय गर्ने कम्पनीले उल्लेख गरेको छ ।
आइएमई मोटर्सले विशेष सुविधायुक्त एम्बुलेन्स, दमकल, ट्रक–टिपर, स्कुल बससहित साना तथा ठूला कमर्सियल गाडीहरू बिक्री–वितरण गर्दै आएको जनाइएको छ । साथै, आर्मी–पुलिसका लागि प्रयोग हुने विशेष गाडीहरू पनि उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ ।