मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
टेलर कोवेन
२०७९ असोज २ आइतबार ०७:१२:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सबैका लागि समान कृत्रिम बौद्धिकताको क्रान्ति

Read Time : > 2 मिनेट
टेलर कोवेन
२०७९ असोज २ आइतबार ०७:१२:००

कृत्रिम बौद्धिकताको लाभ धनी र प्रविधिको ज्ञान भएको वर्गलाई मात्र नभई गरिब र पिछडिएको वर्गलाई पनि प्राप्त हुनेछ 

सन् २०२१ एमआरएनए खोपका लागि निर्णायक वर्ष थियो भने सन् २०२२ कृत्रिम बौद्धिकता आर्टिफिसियल (इन्टेलिजेन्स–एआई)को लागि निर्णायक सफलताको वर्ष हुन सक्छ । अहिलेसम्म अक्षर (टेक्स्ट) र चित्र (इमेज जेनेरेसन)पुस्तामा ठूलो प्रगति भएको छ र अहिले लगानीकर्ता नाट फ्रिडम्यान पर्सनल भोइस असिस्टेन्टको एआईमा ठूलो प्रगतिको भविष्यवाणी गर्दै छन् । थप नवीनता पक्कै थपिँदै जानेछ । एआईमा यति धेरै काम भइरहेको छ कि त्यसले अमेरिका र विश्वको अर्थतन्त्रलाई कसरी प्रभावित पार्ला भन्ने सम्बन्धमा केही आधारभूत सिद्धान्तहरूको समीक्षा गर्नु अर्थपूर्ण हुन सक्छ । 

पहिलो त एआईमा धेरै प्रगतिको अर्थ थोरै रोजगारी भन्ने होइन । स्वचालन र यान्त्रिकीकरण शताब्दीऔँदेखि हुँदै आएका कुरा हुन् । तिनले रोजगारी खोस्दै गर्दा रोजगारीहरू सिर्जना पनि गरिरहेका हुन्छन् । यसले सिर्जना गर्ने कामहरू रोबोटिक्स उत्पादन तथा वरपरका पूर्वाधारहरू जस्तो प्रत्यक्ष वा एआई प्रवर्तित एनिमेसनको बिक्री तथा बजारीकरणले सिर्जना गर्ने जस्तो अप्रत्यक्ष पनि हुन सक्छ । 

महामारीअघि जापान र अमेरिका दुवै मुलुकमा करिब–करिब पूर्ण रोजगारी र उच्चस्तरको जीवनशैली थियो । यी दुवै मुलुक विश्वमा सबैभन्दा यान्त्रीकृत समाजमध्येका थिए । उनीहरूसँग पर्याप्त रोबोट थियो । यद्यपि, अएआईले शोधभर्नामा ठूलो परिवर्तन ल्याउन सक्छ । सफ्टवेयरले विशेषगरी आय प्रतिवेदन वा खेल अंकजस्ता मानवीकृत घटनाहरूको सामान्य समाचार तथा लेखहरू लेखिदिन सक्छ, लेख्न थालिसकेको पनि छ । तदनुसार पत्रकारहरूको ज्याला घट्नेछ भने एआईमा काम गर्ने विशेषज्ञको बढ्नेछ । 

यद्यपि, एआईको लाभ प्राविधिक क्षेत्रका मानिसले मात्र प्राप्त गर्नेछैनन् । कृत्रिम बौद्धिकताले धेरै वस्तु तथा सेवालाई सस्तो र सुलभ बनाउनेछ, त्यसले बदलामा विपन्न र वञ्चितीकरणमा परेकाहरूलाई लभान्वित गर्नेछ । यदि सफ्टवेयरले प्याकेजिङ एवं सिपमेन्टको कामलाई थप कुशलतापूर्वक गरिदियो भने ढुवानीको लागत खर्च घट्नेछ । यदि सफ्टवेयर र एआई प्रोग्रामहरूले विद्युत्को किफायती प्रयोगमा मद्दत गर्‍यो भने त्यसले जलवायु परिवर्तन न्यून गर्न सहज हुनेछ । कम्प्युटेसनल बायोलोजीले स्वास्थ्य हेरचाहलाई सुधार गर्ने भएकाले त्यसबाट बिरामीले फाइदा लिनेछन् ।

एआईको सबैभन्दा कम आवश्यक चाहिएको धनाढ्यहरूलाई हो । उनीहरू आफ्ना कर्तव्य, कार्यसूची, समयतालिकालगायतलाई प्रबन्धन गर्न पहिलेदेखि नै नोकरचाकरहरूको दस्ता राख्न सक्ने हैसियतमा छन् । उनीहरूलाई मानव श्रमको प्रयोगमा किफायत गरिरहन आवश्यक छैन । तर, हामीलाई मानव श्रमको बचत गर्नु छ, चाहे त्यो प्रत्यक्ष रूपले होस् वा आफूअन्तर्गतका व्यवसायमार्फत अप्रत्यक्ष रूपले होस् । 

अमेरिका र विश्वका अर्थतन्त्रहरू आधारभूत रूपान्तरणको प्रारम्भिक चरणबाट गुज्रिरहेका छन्, यो रूपान्तरणको ठूलो हिस्सा एआईद्वारा सञ्चालित हुँदै छ

न्यून आय भएका समूहहरूका लागि एआईको अर्को पनि फाइदा छ । एआईको वर्तमान अवतारले सामान्यतः विपन्नहरूको रोजगारीलाई विस्थापित गर्दैन । धेरै विपन्न व्यक्तिहरूले सेवाक्षेत्रमा काम गर्छन् या शारीरिक श्रम गर्छन् । ती कार्यहरूलाई स्वचालित बनाउन गाह्रो छ (जस्तो कि, रोबोट माली अहिले नै सम्भव छैन) वा ज्याला नै कम भएको हुँदा स्वचालनमै लैजान कम लाभदायी छ ।

यो कुरा साँचो हुन सक्छ, श्रमबजारमा एआईको मूल्य (रोजगारी विस्थापन) एआईको फाइदाभन्दा बढी प्रस्ट देखिन्छ । अर्थात् एआईले सिर्जना गर्ने नयाँ रोजगारी र मूल्यमा न्यूनीकरणको लाभले यसबाट विस्थापनमा पर्ने रोजगारीको मूल्यको शोधभर्ना गर्न सक्दैन । तसर्थ, एआई पूर्ण रूपमा लोकप्रिय नहुनु कुनै आश्चर्य होइन । एआईले पुनः सीप प्रशिक्षणको पनि पर्याप्त माग गर्नेछ । एआइएको रूपमा सफ्टवेयरको प्रयोग हुने अधिकांश रोजगारीका लागि नयाँ सीपहरू आवश्यक पर्नेछन् । जोकसैले पनि न्युरल नेटवर्कहरूको जटिलता (कृत्रिम बौद्धिकताका तन्तुहरू)लाई जान्नैपर्छ भन्ने त हुँदैन । तर, यो पुनः प्रशिक्षण स्टारबक्समा कफीको नयाँ एस्प्रेसो मेसिन कसरी प्रयोग गर्ने भनेर सिक्नुभन्दा बढी चुनौतीपूर्ण हुनेछ ।

औसतमा, राम्रोसँग शिक्षित व्यक्तिहरू पुनः प्रशिक्षणबाट थप दक्ष हुन्छन् । तसर्थ, पुनः प्रशिक्षणको महत्व बढाउँदाका केही महत्व पूर्ण असमान प्रभावहरू पर्नेछन् । अर्थात् कम शिक्षितहरू पछाडि पर्न सक्छन् वा उनीहरूले पहिलोभन्दा थोरै तलबमा काम गर्नुपर्ने हुन सक्छ । एआईबारेकोे वास्तविक चिन्ता यही हो, जुन ‘रोबटहरूले हाम्रा सबै काम लिइरहेका छन्’ भनेजस्तो चाहिँ होइन । 

आदर्श रूपमा, एआईमा निरन्तर प्रगतिले शिक्षण, तालिम तथा पुनः तालिममा निकै धेरै रोजगारी सिर्जना गर्नेछ । यो आशावादी परिदृश्य हो । तर, धेरैजसो अमेरिकीले चार वर्षको कलेज पूरा नगर्ने कुरालाई मनन गर्दा पुनः शिक्षण सायदै सजिलो हुनेछ । यदि कलेज शिक्षा पूरा गरेको अवस्थामा उनीहरूले अझ राम्रो रोजगारी र उच्च ज्याला पाउने अवस्था सिर्जना हुने थियो । पुनः प्रशिक्षणमा खरो नउत्रिनेलाई सजाय अहिले अमेरिकी समाजलाई चाहिएको उचित ‘टोनिक’ नहुन सक्छ ।

लगानीको सन्दर्भमा एआईलाई हेर्दा सफलताको नजिक पुगेका वा निर्णायक चरणका कम्पनीहरू छान्ने प्रयास महत्व पूर्ण छ । सामान्यतः अत्यधिक सफल एआईको अर्थ जमिन र प्राकृतिक स्रोतहरूको उच्च मूल्य पनि हो । त्यसमा अहिलेभन्दा धेरै आर्थिक गतिविधि हुनेछन्, जसले अहिलेभन्दा अधिक ऊर्जा खपत गर्नेछ, अहिलेभन्दा धेरै ठाउँ लिनेछ ।

अमेरिका र विश्वका अर्थतन्त्रहरू आधारभूत रूपान्तरणको प्रारम्भिक चरणबाट गुज्रिरहेका छन्, यो रूपान्तरणको ठूलो हिस्सा एआईद्वारा सञ्चालित हुनेछ । जब हाम्रो समयको इतिहास लेखिनेछ, यी कुरालाई हरेक चिज सुरु भएको समयको रूपमा हेरिनेछ ।

(कोवेन ब्लुमबर्गका स्तम्भकार हुन्)