मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज २ आइतबार ०६:३२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

वर्ल्डलिंक कम्युनिकेसन्स २८औँ वर्षमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज २ आइतबार ०६:३२:००

इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले आफ्नो स्थापनाको २७ वर्ष पूरा गरी २८औँ वर्षमा प्रवेश गरेको छ । सन् १९९७ बाट डायलअप इन्टरनेट सेवा दिन सुरु गरेको कम्पनीले देशको ७३ जिल्लामा सेवा विस्तार गरेको छ । यही वर्ष ७७ वटै जिल्लामा सेवा सञ्चालन गर्ने कम्पनीले जनाएको छ । 

कम्पनीले नेपालमै पहिलोपटक कन्टेन्ट क्यास सेटअपका लागि अकमाईसँग साझेदारी पनि गरेको थियो । देशभर सात लाख घरमा इन्टरनेट जडानसहित ३० लाख प्रयोगकर्तालाई सेवा उपलब्ध गराउँदै आइरहेको सबैभन्दा ठूलो कम्पनीका रूपमा वर्ल्डलिंकको भनाइ छ । कम्पनीले अहिले १४ हजार स्थानमा निःशुल्क सार्वजनिक वाइफाई उपलब्ध गराइरहेको छ भने यो वर्षभित्र ३० हजार स्थानमा निःशुल्क सार्वजनिक वाइफाई उपलब्ध गराउने कम्पनीको योजना छ ।  

कम्पनीका निर्देशक मनोज अग्रवालका अनुसार यो वर्षमा मात्रै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएका छन् । हाल कम्पनीको देशभरका शाखामा कुल ५५ सयले रोजगारी पाइरहेको उनले बताए ।