Skip This
महाभियोग संसद्ले होइन केही सांसदले लगाएका हुन्, अर्को संसदमा जाँदैन : एमाले सांसद पोखरेल
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ३१ शुक्रबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ ३१ शुक्रबार १६:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महाभियोग संसद्ले होइन केही सांसदले लगाएका हुन्, अर्को संसदमा जाँदैन : एमाले सांसद पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ ३१ शुक्रबार १६:५९:oo

एमालेका सांसद कृष्णभक्त पोखरेलले अहिलेको संसद्ले लगाएको महाभियोग प्रस्ताव अर्को संसदमा नजाने बताएका छन्। प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव संसद्ले नभई केही सांसदले ल्याएकाले अर्को संसदमा नसर्ने उनको तर्क छ।

शुक्रबार महाभियोग सिफारिस समितिको बैठकपछि पत्रकारहरूले राखेको जिज्ञासाको जवाफ दिँदै उनले यो संसद्को प्रस्ताव अर्को संसदमा सर्ने प्रबन्ध र अभ्यास नभएको जिकिर गरे। नयाँ संसदमा अहिलेका अभियोगकर्ता आउने निश्चित नभएकाले उजुरकर्ता नरहने अवस्थामा महाभियोग प्रस्ताव पनि नरहने उनको भनाइ छ।

‘आगामी संसदमा जाने एकदम कम सम्भावना देख्छु। त्यो हाम्रो अभ्यास पनि छैन, नियमावलीका प्रबन्धहरू पनि छैन। भोलि सर्वोच्चले व्याख्या गर्‍याे भने त्यो फरक कुरा होला,’ पोखरेलले भने,  यो पार्लियामेन्टले लगाएको होइन, पार्लियामेन्टका केही सदस्यले लगाएको अभियोग हो। अर्को पार्लियामेन्टमा तिनै मान्छे आउँछन् भन्ने त छैन। उजुरकर्ताहरू नै नरहने अवस्थामा स्वतः सर्दैन।’

समितिले खोजेका कागजातहरू प्राप्त नभएको भन्दै उनले पूर्ण प्रतिवेदन आउने सम्भावना नरहेकोसमेत प्रस्ट पारेका छन्।  आवश्यक कागजातहरू प्राप्त नभएको उल्लेख गर्दै उनले भने, ‘हामीले सम्पत्ति शुद्धीकरणको फाइल मागेका छौँ, सर्वोच्च अदालतको भवन ठेक्काको फाइल मागेका छौँ, त्यसको अध्ययनको जगमा उहाँमाथि महाभियोग लाग्ने–नलाग्ने निर्धारण हुने होला नि।’