१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २८ मंगलबार
  • Friday, 18 April, 2025
२o७९ भदौ २८ मंगलबार १७:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वृद्धभत्ता बढाएकोमा ओलीको आपत्ति, भन्छन्– गठबन्धनले भोटको राजनीति गर्‍यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ २८ मंगलबार १७:५७:oo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धनको सरकारले वृद्धभत्तामा धाँधली गरेको आरोप लगाएका छन्। नेपालीको औसत आयु ७३ वर्ष रहेकाले ७० वर्षमा भत्ता दिने गरिए पनि गठबन्धन सरकारले यसमा धाँधली गरी ६८ वर्ष बनाएकोमा उनले असन्तुष्टि जनाए।

मंगलबारदेखि पोखरामा सुरु भएको पार्टीनिकट नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो भनाइ राखेका हुन्। सय रुपैयाँबाट सुरु भएको वृद्धभत्ता हाल चार हजार पुगेको भन्दै उनले प्रत्येक निर्वाचनपिच्छे उमेर घटाउँदै लगे जन्मनेबित्तिकै भत्ता पाउने अवस्था आउने बताए।

हाल देशको अर्थतन्त्र ओरालो लागेको अवस्थामा सरकारले भत्ता पाउने उमेर घटाएर भोटको राजनीति गरेको एमाले अध्यक्ष ओलीको आरोप छ। उनले धाँधली गर्नकै लागि कांग्रेस चुनाव आउने वेलामा सरकारमा जाने गरेको आरोपसमेत लगाए।

माधवको पार्टीले थ्रेसहोल्ड नकटाउने भविष्यवाणी
सो क्रममा ओलीले आगामी निर्वाचनमा माधवकुमार नेपालको पार्टीले थ्रेसहोल्डसमेत नकटाउने ठोकुवा गरे। निर्वाचनसम्म नेपालको पार्टीमा खास कार्यकर्ता नरहने र सो पार्टीले तीन प्रतिशत मतसमेत नकटाउने भविष्यवाणी गर्दै उनले लेखेर राख्न आग्रह गरे।

एमाले फुटाएको पारिश्रमिकस्वरूप अन्य पार्टीले माधवलाई एक सिट जिताइदिए पनि अन्य स्थानमा कतै नजित्ने ओलीको दाबी छ।