१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o६:४३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

फर्निचर एक्स्पो : तीन दिनमा ५१ हजार दर्शक  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o६:४३:oo

भृकुटीमण्डपमा जारी आठौँ संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पोमा शनिबार मात्रै २२ हजारले अवलोकन गरेका छन् । बिहीबारदेखि सुरु भएको एक्स्पोमा शनिबारसम्म ५१ हजारले अवलोकन गरेको एक्स्पोका व्यवस्थापक इभेन्ट सोलुसन प्रालिले जनाएको छ । ‘अघिल्ला दुई दिनमा २९ हजारले एक्स्पो अवलोकन गरेकोमा शनिबार २२ हजारले अवलोकन गरेका छन्,’ इभेन्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले भने । 

प्रदर्शकहरूले चाडपर्वलाई लक्षित गरी एक्स्पो अवलोकनकर्तालाई विभिन्न किसिमका अफरहरू सञ्चालन गरेका छन् । यसका साथै प्रत्येक दिन डोर प्राइजको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ । एक्स्पो अवलोकनका लागि प्रवेश निःशुल्क गरिएको छ ।  

एक्स्पोकै अवसरमा शुक्रबार र शनिबार प्रदर्शनीस्थलमा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघ तथा लायन्स क्लब अफ काठमाडौं सेन्ट्रलसँगको सहकार्यमा रक्तदान कार्यक्रमसमेत सञ्चालन गरिएको थियो । कार्यक्रममा १०८ पिन्ट रगत संकलन भएको संघका प्रथम उपाध्यक्ष मनीष अग्रवालले जानकारी दिए । 

नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजना तथा इभेन्ट सोलुसन प्रालिको व्यवस्थापनमा जारी एक्स्पोलाई प्रेस्टिज कार्पेटले शीर्ष प्रायोजन गरेको छ भने हलेसी डेकोर, भिबोन इकोनोमिक चेयर, जेन्सा कार्पेट, युनाइटेड फोम एन्ड म्याट्रेसले मुख्य प्रायोजन गरेका छन् । एक्स्पोमा स्वदेशी तथा विदेशी गरी सयभन्दा बढी प्रदर्शकहरूको सहभागिता छ । किचन, बेडरुम, बाथरुमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री एक्स्पोको मुख्य आकर्षण बन्ने विश्वास गरिएको छ ।

यस्तै, कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेसन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेसिनरी औजारका साथै वास्तुसँग सम्बन्धित सेवा पनि एक्स्पोको आकर्षण बनेको छ ।