१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
रासस याङ्गुन
२०७९ भदौ १७ शुक्रबार १६:३५:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

चुनावमा धाँधली गरेको आरोपमा सुकीलाई तीन वर्षको जेल सजाय

Read Time : < 1 मिनेट
रासस, याङ्गुन
२०७९ भदौ १७ शुक्रबार १६:३५:००

म्यानमारको एक अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई सन्  २०२० को निर्वाचनमा धाँधली गरेको आरोपमा तीन वर्षको जेल सजाय सुनाएको छ। यस निर्वाचनमा सुकीको पार्टी अत्यधिक बहुमतका साथ विजयी भएको थियो।

सुकीलाई तीन वर्ष कडा परिश्रम गर्नुपर्ने सजाय सुनाइएको स्रोतले जनाएको छ। ७७ वर्षीया नोबेल पुरस्कार विजेता सुकीको स्वास्थ्य हालसम्म राम्रै रहेको बताइएको छ।

भ्रष्टाचार र अन्य आरोपमा बन्द अदालतले दोषी ठहर गरेपछि गत वर्षदेखि हिरासतमा रहेकी उनलाई पहिले नै १७ वर्षको जेल सजाय सुनाएको थियो। सेनाद्वारा निर्मित राजधानी नेपिडाउमा पत्रकारहरूलाई रोक लगाइएको छ।  सुकीका वकिलहरूलाई प्रेससँग वार्ता गर्न पनि रोकिएको छ।

सेनाले नोभेम्बर २०२० को चुनावमा व्यापक मतदाता जालसाजी भएको आरोप लगाएको थियो। यस चुनावमा सुकीको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)ले ठूलो जित हासिल गरेको थियो। अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले मतदान धेरै हदसम्म स्वतन्त्र र निष्पक्ष भएको बताए पनि सेनाले त्यस चुनावको नतिजा रद्द गरेको थियो। 

सो चुनावमा ११ लाखभन्दा बढी जालसाजीका घटना पत्ता लगाएको सेनाको एकपक्षीय दाबी थियो। गत वर्ष सेनाले सत्ता कब्जा गरेपछि म्यानमार संकटमा फसेको छ। देशको ठूलो हिस्सामा लडाइँ र अर्थतन्त्र खुम्चिएको छ। एएफपी