
हेल्थ टिप्स
पहिलो कुरो, तपाईंको रगतमा कोलेस्ट्रोल र ट्राइग्लिसेराइड दुवै कम हुन्छ । कोलेस्ट्रोलले ब्लकेजको काम गर्छ, शरीरमा र हृदयसम्बन्धी समस्या निम्त्याउँछ । वाकिङ गर्दा तपाईंको शरीरमा फ्याट कम हुन्छ र कोलेस्ट्रोल र ट्राइग्लिसेराइड्ससम्बन्धी समस्या कम भएर जान्छ ।
सुगर कन्ट्रोल हुन्छ । मधुमेहका बिरामी हिँड्दा क्यालोरी कट हुन्छ । नर्मल मानिसले एक मिनेटमा बसिरहँदा एक क्यालोरी/सवा क्यालोरी खर्च गर्छ । तर, यदि उसले वाक गर्यो भने तीन क्यालोरीदेखि ५–६ क्यालोरी खर्च गर्छ । नेचुरल्ली क्यालोरी घट्दै जान्छ र तपाईंको तौल घट्दै जान्छ ।
हिँड्दा स्ट्रेस कम हुन्छ । यो ठूलो फाइदा हो । वाकिङबाट हुने अर्को कुरा तपाईंको हाडजोर्नी र स्पाइनको समस्यामा पनि फाइदा मिल्छ ।
नियमित हिँड्नु जरुरी छ । वाकिङको सबैभन्दा ठूलो फाइदा फिटनेस हो । फिटनेस राम्रो हुन्छ । अर्थात्, तपाईंको हृदय र फोक्सोले कम मिहिनेतबाटै धेरै काम गर्न थाल्छन् ।
तपाईंको हर्टको स्पिड कम हुन्छ । यसपछि जति लामो वाक गर्न पनि समस्या हुँदैन । कम्तीमा ३५ मिनेट वाक गर्नुपर्छ । महिनामा कम्तीमा २५ दिन गर्नुपर्छ ।