टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको अन्तिम म्याचमा नेपाल र केन्या भिडिरहेका छन् । टस जितेर नेपालले ब्याटिङ रोजेको छ ।
आजको खेलमा नेपालले प्रारम्भिक ब्याटर पवन सर्राफको स्थानमा ज्ञानेन्द्र मल्लबाट ओपनिङ गराएको छ । ज्ञानेन्द्रसँग अर्जुन साउदले क्रिज सेयर गरेका छन् । अर्जुनको यो तेस्रो खेल हो ।
पाँच म्याचको शृंखला २–२ को अवस्थामा छ । आजको म्याच जित्नेले शृंखला जित्नेछ ।