१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:२१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘फर्निचर एक्स्पो नेपाली उत्पादनको प्रवर्द्धनमा उपयुक्त माध्यम’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:२१:oo

नेपाल फर्निचर तथा फर्निसिङ संघले आयातीत फर्निचरजन्य उत्पादनलाई प्रतिस्थापन गर्ने लक्ष्यका साथ फर्निचर एक्स्पो आयोजना गर्ने भएको छ । बर्सेनि झन्डै ६० अर्ब रुपैयाँबराबरको फर्निचरजन्य उत्पादनको कारोबार हुँदै आएकोमा ५० प्रतिशत हिस्सा आयातीत वस्तुले ओगटेकाले आयात घटाउँदै नेपाली उत्पादनको प्रवर्द्धनका लागि उपयुक्त हुने सोचसहित फर्निचर एक्स्पो आयोजना हुने भएको हो ।  

संघका अध्यक्ष शुभेन्द्र जोशीले तयारी वस्तु उत्पादनमा अन्य देशले प्रयोग गर्दै आएका प्रविधिको प्रदर्शनी र त्यसको जानकारी व्यवसायीका लागि एक्स्पोमा आकर्षण बन्ने बताए । जोशीले भने, ‘अन्य मुलुकबाट आउने तयारी उत्पादनमा भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्न एक्स्पोले सहयोग पु¥याउनेछ भने स्वदेशमा नै कसरी गुणस्तरीय तयारी वस्तु उत्पादन गर्ने भन्ने विषयमा जानकारी दिनेछ ।’

भदौ २३ देखि २७ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोका संयोजक ओम बस्नेतले स्वदेशमा नै तयारी वस्तु उत्पादन गर्न सक्ने अवस्था बन्दै गएको बताए । यद्यपि, राज्यस्तरबाट त्यसमा पहलकदमी नलिएको अवस्थामा एक्स्पोले राज्यको ध्यान तान्ने अपेक्षा रहेको उनको भनाइ छ ।  

यसपटकको एक्स्पोलाई स्वदेशी ब्रान्ड प्रेस्टिज कार्पेटले प्रायोजन गरेको छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ आयोजना भएको एक्स्पोलाई स्वदेशी ब्रान्डले नै प्रायोजन गरेको प्रेस्टिज कार्पेटका सञ्चालनक अनिल महेश्वरीले बताए । एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले उदयमान अवस्थामा पुगेको फर्निचरजन्य उत्पादनको बजार कोरोनाका कारण केही सुस्त भएको र एक्स्पोले त्यसलाई पुनः उचाइ दिनेमा आफू विश्वस्त रहेको बताए ।