१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ९ बिहीबार
  • Sunday, 11 May, 2025
२o७९ भदौ ९ बिहीबार १९:२८:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पाँच विकेटले नेपाल विजयी, दीपेन्द्रले बनाए ३१ रन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ ९ बिहीबार १९:२८:oo

दीपेन्द्रसिंह ऐरीको ३१ रनले नेपालले पहिलो टी–२० म्याचमा केन्यालाई पाँच विकेटले पराजित गरेको छ । नेपालले अन्तिम ओभरका पहिलो बलमा विजयी रन प्रहार गर्यो । 

नेपालले पाँच विकेटको क्षतिमा १३१ रनको लक्ष्य पूरा गर्यो । नेपालका लागि मोहम्मद आरिफ सेखले विजयी रन प्रहार गरे । उनी २१ रनमा अविजित रहे । उनलाई क्रिजमा साथ दिएका मोहम्मद आदिल दुई रनमा अविजित रहे । 

त्यसअघि दीपेन्द्रले दुई विशाल छक्काको मद्दतले ३१ रन बनाएका थिए । लगातार अन्तरालमा विकेट गुमेपछि दबाबमा आएको नेपालका लागि दीपेन्द्रले तीव्र गतिमा रन बनाउँदै खेललाई नेपालको पक्षमा पारेका थिए । 

नेपालकोतर्फबाट ज्ञानेन्द्र मल्ल र आसिफ सेखले पनि समान १९–१९, उपकप्तान रोहित पौडेलले १५ रनको योगदान दिए । ओपनिङ गर्न गएका पवन सर्राफले एक रन बनाए । 

त्यसअघि कसिलो बलिङ गरेको नेपालले केन्यालाई निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १३० रनमै रोकेको थियो । केन्यालाई मध्यम रनमा रोक्न नेपालका लागि सोमपाल कामीले तीन, कप्तान सन्दीप लामिछानेले दुई, आदिलले एक विकेट लिए । केन्याका एक ब्याट्सम्यान रनआउट भएका थिए । 

तीन टी–२० म्याचको शृंखलामा नेपालले १–० ले अग्रता लिएको छ । दोस्रो खेल भोलि र तेस्रो खेल पर्सि हुनेछ । नेपालले केन्या भ्रमणको क्रममा दुई एक दिवसीय म्याच पनि खेल्नेछ ।