१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ ७ मंगलबार १९:५०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राजदूत अधिकारी लाहाेरमा, नेपालमा लगानी गर्न पाकिस्तानी व्यवसायीलाई आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ ७ मंगलबार १९:५०:००

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले लाहोर चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष मियाँ नउमन कबिर र सदस्यहरूसँग लाहोरमा अन्तर्क्रिया गरेका छन्। राजदूत अधिकारीले नेपाल र पाकिस्तानबीचको द्विपक्षीय आर्थिक सम्बन्ध थप मजबुत बनाउँदै द्विपक्षीय हितमा सहकार्य गर्नुपर्नेमा जोड दिएका हुन्। 
दुई देशबीच सम्बन्ध सधैँ उत्कृष्ट रहेको बताउँदै राजदूत अधिकारीले सार्कका सदस्य मुलुक नेपाल र पाकिस्तानबीच लगानी, व्यापारको क्षेत्रमा थप सहकार्य हुनुपर्ने र निजी क्षेत्रको भूमिका थप प्रभावकारी हुनुपर्ने बताएका थिए। 

‘नेपाल र पाकिस्तान दुवै सार्कका सदस्य हुन् र समान सांस्कृतिक र सामाजिक पृष्ठभूमि भएका छन्,’ राजदूत अधिकारीले पाकिस्तानी व्यवसायीहरूसँग भने। 
राजदूत अधिकारीले नेपालका प्रथम प्रधानमन्त्री माथवरसिंह थापाले १९औँ शताब्दीमा लाहोरमा एक वर्ष निर्वासनमा बसेको इतिहास सुनाएका थिए। उनले काठमाडौं र लाहोरबीचको ऐतिहासिक सम्बन्धबारे प्रकाश पारेका थिए। तत्कालीन प्रधानमन्त्री थापा दक्षिण एसियाकै पहिलोपटक प्रधानमन्त्री थिए। 

राजदूत अधिकारीले नेपालमा उत्कृष्ट आतिथ्य उद्योग रहेको र साहसिक पर्यटनको हब भएकोले नेपाल भ्रमणका लागि आह्वान गरे। ‘मैले नेपाल सरकारको आर्थिक नीतिअनुसार प्रत्यक्ष वैदेशिक लगानीलाई सहज बनाउने र पाकिस्तानी व्यवसायीहरूलाई व्यापार, लगानी र पर्यटनका लागि नेपाल भ्रमण गर्न निम्तो पनि दिएको छु,’ राजदूत अधिकारीले भने ।

चेम्बरका अध्यक्ष मियाँ नउमान कबिरले भविष्यमा नेपाल भ्रमण गरी व्यापारका अवसर खोज्ने र नेपाली व्यवसायीसँग अन्तर्क्रिया गर्ने कार्यक्रम बनाउने आश्वासन दिए। उनीहरूले लाहोरमा नेपाली व्यवसायीहरूलाई स्वागत गर्न तथा पाकिस्तानी उत्पादनको जानकारी आदान-प्रदान गर्न नेपालमा पाकिस्तानी व्यापार मेला आयोजना गर्न चाहेको पनि बताए।