१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ६ सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ ६ सोमबार १३:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय सभामा नेता प्रदीप गिरिको शोक प्रस्ताव पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ ६ सोमबार १३:३६:oo

राष्ट्रिय सभाले कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। राष्ट्रिय सभाको सोमबार बसेको बैठकले समाजवादी चिन्तकसमेत रहेका प्रतिनिधिसभा सदस्य स्वर्गीय गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको हो। 

सो अवसरमा उनको सम्झनामा एक मिनेट मौनधारणसमेत गरिएको थियो। राष्ट्रिय सभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वर्गीय गिरिको शोक प्रस्ताव प्रस्तुत गरेका थिए।

स्वर्गीय गिरि नेपाली कांग्रेस पार्टीबाट ०५१ सालको प्रतिनिधिसभामा सिराहा क्षेत्र नम्बर ५ बाट निर्वाचित सदस्य, ०६२/६३ को जनआन्दोलनपछि पुनर्स्थापित प्रतिनिधिसभा सदस्य, ०६४ र ०७० सालमा संविधानसभा सदस्य थिए भने ०७४ सालको प्रतिनिधिसभामा सिराहाको क्षेत्र नम्बर १ बाट निर्वाचित सदस्य थिए।

राष्ट्रिय सभाको अर्को बैठक भदाै १२ गते आइतबार अपराह्न १ बजे बोलाइएको छ।