१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o६:१o:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भदौ २३ देखि फर्निचर एक्स्पो हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o६:१o:oo

भदौ २३ देखि राजधानीको भृकुटीमण्डपमा फर्निचर एक्स्पो २०२२ आयोजना हुने भएको छ । चाडबाडको मौसम पारेर स्वदेशी तथा विदेशी प्रदर्शकको सहभागितामा एक्स्पो आयोजना हुने भएको हो । आयोजक नेपाल फर्निचर तथा फर्निसिङ संघले पाँच दिनसम्म चल्ने एक्स्पोमा नेपालबाहेक भारत र बंगलादेशका प्रदर्शकसमेत सहभागी हुने निश्चित भइसकेको जनाएको छ । एक्स्पोको व्यवस्थापक इभेन्ट सोलुसन प्रालिले एक्स्पोमा कुल एक सय १० स्टल रहने जनाएको छ । जसमध्ये मुख्य प्रदर्शनी हलमा ५० र बाहिर तयार हुने ह्यांगरमा ६० स्टल स्टल रहने जनाइएको छ । 

इभेन्ट सोलुसनका प्रबन्ध निर्देशक विजयसागर प्रधानले मुख्य हलका सबै स्टल बुक भइसकेको र ह्यांगरका केही स्टल मात्र बाँकी रहेको बताए । उनले भने, ‘अहिलेनै पूरैजसो स्टल बुक हुनुले एक्स्पोमा उल्लेख्य रौनकता छाउने देखिएको छ ।’ एक्स्पोले चलायमान हुन खोजिरहेको अर्थतन्त्रमा टेवा पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन् । संघका अध्यक्ष शुभेन्द्र जोशीका अनुसार चाडपर्वको मौसम चल्दै गर्दा घर तथा कार्यालयको फर्निचर अपग्रेड गर्नेहरूका लागि एक्स्पो उचित गन्तव्य बन्नेछ । 

जोशीले भने, ‘झन्डै डेढ वर्ष फर्निचरजन्य व्यवसाय ठप्पप्रायः अवस्थामा रहेर अहिले सामान्य अवस्थामा फर्किरहेका वेला एक्स्पोले व्यवसायी र उपभोक्तालाई उचित प्लेटफर्मको भूमिका निर्वाह गर्नेछ ।’ एक्स्पोले आर्थिक क्रियाकलाप चलायमान बनाउन पनि योगदान पु¥याउने विश्वास लिएको जोशीले बताए । 

पाँच दिनसम्म चल्ने एक्स्पोमा किचन, बेडरुम, बाथरुमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री मुख्य आकर्षणका रूपमा रहने जनाइएको छ । आठौँ संस्करणको एक्स्पोलाई प्रेस्टिज कार्पेटले मुख्य प्रायोजन गरेको छ । त्यसैगरी, जानसा कार्पेट, हलेसी डेकोर र भिबोन चेयरले एक्स्पोलाई मुख्य प्रायोजन गरेका छन् भने डिजी पे डिजिटल पार्टनर रहेको आयोजकले जानकारी दिएका छन् ।  

एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्स तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले प्रवद्र्धन गरेको तथा नेपाल हस्तकला महासंघ, आइडिया नेपाल र स्पेस म्यागेजिनले सपोर्ट गरेको जनाइएको छ ।