१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ भदौ २ बिहीबार ०७:२६:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

ब्राजिल र अर्जेन्टिनाबीचको छनोट खेल रद्द

Read Time : > 1 मिनेट
२०७९ भदौ २ बिहीबार ०७:२६:००

कतारमा आयोजना विश्वकप फुटबल प्रतियोगितामा ब्राजिल र अर्जेन्टिनाले स्थान पक्का गरिसकेका छन् । तर, दक्षिण अमेरिकी विश्वकप छनोटअन्तर्गत ब्राजिल र अर्जेन्टिनाबीचको छनोट खेल बाँकी नै थियो । यी दुवै दक्षिण अमेरिकी कट्टर प्रतिस्पर्धीबीच हुनुपर्ने छनोट खेल रद्द नै भएको छ । 

गत फेब्रुअरीमा साओ पाब्लो मैदानमा यी दुईबीच छनोट खेल भएको थियो । खेलको सातौँ मिनेटमा ब्राजिलियन स्वास्थ्यकर्मी मैदानभित्र प्रवेश गरेपछि खेल रद्द भयो । ब्राजिल र अर्जेन्टिनी फुटबल संघले स्थगित भएको खेल सेप्टेम्बरसम्मका लागि स्थगित गरे । विश्वकपअघि पुनः छनोट खेल खेल्दा त्यसको प्रभाव पर्ने जनाइएको छ । दुवै संघले खेल नखेल्ने निर्णय लिँदा फिफाले ठूलो जरिवाना गरेको थियो ।

ब्राजिलमा प्रतिस्पर्धा गर्न आएको अर्जेन्टिनाका खेलाडी कोभिड क्वारेन्टिनको नियम तोड्दै मैदान प्रवेश गरेको स्वास्थ्यकर्मीले आरोप लगाएका थिए । उनले मैदानमा खेलाडीहरूले कोभिडको नियम पालना नगरेको प्रश्न उठाए । यसै कारण खेल स्थगित भयो । 

छनोट खेलमा ब्राजिलियन स्वास्थ्यकर्मी मैदान प्रवेश गरेपछि ब्राजिल र अर्जेन्टिनी फुटबल संघले सेप्टेम्बरसम्मका लागि खेल स्थगित गरे । विश्वकपअघि खेल्दा प्रभाव पर्ने जनाउँदै दुवै संघले खेल नखेली रद्द गरे । 

यसपछि दुवै राष्ट्रले विश्व फुटबलको सर्वाेच्च निकाय फिफालार्ई खेल रद्द गर्न अनुरोध गरेका थिए । ‘ब्राजिल र अर्जेन्टिनाको खेल हुनेछैन,’ ब्राजिलियन फुटबल महासंघ (सिबिएफ) र अर्जेन्टिनी फुटबल संघ (एएफए)ले संयुक्त जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एफए, सिबिएफ र फिफाले कोर्ट अफ आर्बिट्रेस (कास)मा समस्याको समाधान गरेका छन् ।’

विश्वकपअघि २२ सेप्टेम्बरमा खेल खेल्दा दुवै देशले विश्व महाकुम्भमा असर पर्ने जनाएका छन् । यसपछि दुवै संघले कासमा मुद्दा लडेका थिए । अब यो खेल पुनः खेलाए पनि यसको कुनै महत्व राख्नेछैन । अर्थात्, अंकतालिकामा कुनै परिवर्तन हुनेछैन । ब्राजिल शीर्ष स्थानमा छ । अर्जेन्टिनाले दोस्रो स्थानमा टुंग्याइसकेको छ । ब्राजिल कीर्तिमानी रूपमा पाँचपटकको विश्वकप च्याम्पियन हो । साबिक कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाले दुईपटक विश्वकप जितेको छ ।