१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ३० सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण ३० सोमबार १२:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गौला प्रत्यारोपणलाई निरन्तरता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण ३० सोमबार १२:४८:oo

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले मिर्गौला प्रत्यारोपणलाई निरन्तरता दिन थालेको छ। सहिद धर्मभक्त प्रत्यारोपण केन्द्रको सहयोगमा मिर्गौला प्रत्यारोपण थालेको प्रतिष्ठानले थप दुईजनामा मिर्गौला प्रत्यारोपण गरेको हो। प्रतिष्ठानले गत असार ९ मा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेको थियो।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले शनिबार एकै दिन दुईजनाको मिर्गौला प्रत्यारोपण गरेको छ। कास्कीको रूपाकोट गाउँपालिकाका ५३ वर्षीय पुरुष र स्याङ्जाको चापाकोट नगरपालिकाका ४२ वर्षीय पुरुषको मिर्गौला प्रत्यारोपण गरिएको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका उपकुलपति प्रा.डा. डुकबहादुर क्षेत्रीले शल्यक्रिया सफल भइरहेकाले प्रत्यारोपण सेवालाई निरन्तरता दिइएको जनाएका छन्। मिर्गौला प्रत्यारोपण सेवालाई काठमाडौं उपत्यकाबाहिर पनि विस्तार गर्ने योजनाअनुरूप सहिद धर्मभक्त  प्रत्यारोपण केन्द्रले अस्पतालहरूमा शल्यक्रियाका लागि सहयोग र तालिम दिँदै आएको छ। हाल प्रत्यारोपण केन्द्रले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रत्यारोपण सेवामा आत्मनिर्भर बनाउन नेफ्रोलोजिस्ट, सर्जन, एनेस्थेसियोलोजिस्ट, कोर्डिनेटर र ओटी तथा आइसियू नर्सहरूलाई तालिम दिइरहेको छ।

मानव अंग प्रत्यारोपण समितिको तथ्यांकअनुसार नेपालमा मिर्गौला प्रत्यारोपण सुरु भएपछि १४ वर्षको अवधिमा दुई हजार एक सयभन्दा धेरै बिरामीको मिर्गौला प्रत्यारोपण गरिएको छ। देशभर हजारौँको संख्यामा मिर्गौलाका बिरामी प्रत्यारोपणको अभावमा डायलाइसिसको भरमा बाँचिरहेका छन्।