१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण २३ सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण २३ सोमबार १६:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निर्वाचनसम्बन्धी कानुन संशोधन गर्न सांसद रावलको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण २३ सोमबार १६:o६:oo

एमालेकी सांसद दिलकुमारी रावल थापाले निर्वाचनसम्बन्धी कानुन संशोधन गर्न माग गरेकी छिन्। सोमबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद थापाले वर्तमान निर्वाचन प्रणालीमा सुधार गर्न आवश्यक रहेको भन्दै यस्तो माग गरेकी हुन्।

गणतन्त्र र संघीयतालाई बलियो बनाउन निर्वाचन प्रणालीको सुधार गर्नुपर्ने उनको बुझाइ छ। उनले निर्वाचन प्रणाली महँगो भएको भन्दै स्वच्छ, निष्पक्ष र सरल ढंगले सम्पन्न हुने गरी निर्वाचनसम्बन्धी कानुनलाई संशोधन गर्नुपर्ने बताइन्। 

‘निर्वाचनको मिति घोषणा भइसकेको छ, संघीय संसद् चालू रहेको अवस्था छ। अरू विषयमा फास्ट ट्रयाकबाट थुप्रै विधेयक पास गरिरहेका छौँ । यो विषय निर्वाचनसम्बन्धी कानुन हामीले परिवर्तन गर्नु जरुरी छ। संशोधन गर्न जरुरी छ,’ उनले भनिन्।

उनले निर्वाचनमा विद्युतीय मतदान प्रणाली लागू गर्न निर्वाचन आयोगलाई आग्रह गरिन्। सांसद थापाले भारतमा इन्धनको मूल्य घटेको भन्दै नेपालमा पनि इन्धनको मूल्य घटाउनसमेत सरकारसमक्ष माग गरिन्।