१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नवराज मैनाली काठमाडौं
२o८१ बैशाख २४ सोमबार १४:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

साढे दुई करोड रुपैयाँ बिमा रकम लिन नक्कली बिहे गरेर ‘श्रीमान्’को हत्या

हत्यामा संलग्न ६ जना सिआइबीको फन्दामा

Read Time : < 1 मिनेट
नवराज मैनाली, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १४:o९:oo

साढे दुई करोड रुपैयाँ बिमा रकमका लागि एक युवतीले नक्कली बिहे गरेर ‘श्रीमान्’को हत्या गराएकी छिन् । रकम लिएर विदेश भाग्न लागेकी युवती र अन्य पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । 

बाँके कोहलपुरका सर्जन विकको दुर्घटनामा मृत्यु भएको देखाई बिमा रकम हात पार्न हत्या भएको हो । हत्याअघि उनको साढे दुई करोड रुपैयाँको बिमा गरिएको थियो । 

योजनामुताबिक नै सपना मल्लसँग विवाह दर्ता गरिएको थियो । ठगीकै योजनाअनुसार यसरी बिमा गरी हत्या भएको प्रहरीले जनाएको छ । 
घटनामा संलग्न सपनासहित सञ्जीव अर्याल, सरदार अहमद खाँ, टोपबहादुर राना क्षेत्री, दीपक केसी र ललिता सापकोटालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । ब्युरोका प्रमुख एआइजी उत्तमराज सुवेदीका अनुसार सपना जापान जान लागेको अवस्थामा दिल्ली विमानस्थलबाट नेपाल फर्काएर पक्राउ गरिएको हो । 

गत २ वैशाख ०७८ मा सर्जनको बाँकेको बैजनाथ गाउँपालिका– ६ मा मिनीबसको ठक्करबाट मृत्यु भएको थियो । योजनाबद्ध रूपमा बसले ठक्कर दिएर हत्या भएको हाल अनुसन्धानमा खुलेको छ । 

त्यसअघि विकको रिलायन्स लाइफ इन्स्योरेन्समा बिमा गरिएको थियो ।  उनको मृत्यु हुनुभन्दा दुई महिनाअघि बिमा गरिएको र एक महिनाअघि मात्र सपनासँग विवाह दर्ता गरी बिमा इच्छाएको व्यक्तिमा उनको नाम राखिएको थियो । घटनाका मुख्य योजनाकार सञ्जीव अर्याल भएको र बिमा अभिकर्ता सरदार अहमत खाँलगायतको मिलेमतो रहेको सिआइबीले जनाएको छ । बिमाको रकम आइसकेपछि ८० लाख सञ्जीव अर्याल तथा ६० लाख रुपैयाँ दीपक केसीले लिएका थिए । अन्य रकम सपनाले नै खर्च गरेको अनुसन्धानमा खुलेको छ ।  रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले दुर्घटना शंकास्पद भएको भन्दै उजुरी गरेपछि प्रहरीले अनुसन्धान गर्दा हत्या र ठगी पत्ता लागेको हो ।
 

ad
ad