१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o६:३५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनआइसी एसिया क्यापिटलले मेरो जबलाई आइपिओ जारी गर्न सघाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o६:३५:oo

एनआइसी एसिया क्यापिटलले ‘आइडिया टू आइपिओ’ सेवा मेरो जब लिमिटेडलाई आइपिओ जारी गर्ने चरणमा पुर्‍याउन आवश्यक सहयोग गर्ने भएको छ । क्यापिटलको सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीलाई कम्पनीको स्थापनकालदेखि आइपिओ जारी गर्ने चरणसम्म पुर्‍याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको हो ।  

सेवाअन्तर्गत मेरो जब लिमिटेडलाई संस्थागत परामर्श सेवासहित मेरो जब लिमिटेडलाई आइपिओ जारी गर्ने चरणमा पुर्‍याई निकट भविष्यमा सामूहिक लगानी कोष तथा कर्मचारीहरूसहित सर्वसाधारणमा जारी गर्नुपर्ने साधारण सेयरको सार्वजनिक निष्कासन गर्नका लागि एनआइसी एसिया क्यापिटल लिमिटेड र मेरो जब लिमिटेडबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको क्यापिटलले जनाएको छ ।

मेरो जब नेपालमा सर्वसाधारणमा आइपिओ जारी गर्ने यस प्रकारको कम्पनी पहिलो रहेको जनाइएको छ ।