१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o६:३८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आइएमई मोटर्सद्वारा विपद् सामूहिक उद्धार भेहिकल हस्तान्तरण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:३८:oo

आइएमई मोटर्सले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई विपद् सामूहिक उद्धार भेहिकल हस्तान्तरण गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अत्याधुनिक आठवटा भेहिकल गृहमन्त्री बालकृष्ण खाणलाई हस्तान्तरण गरेका छन् । मन्त्री खाणले उक्त भेहिकल सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई पुनः हस्तान्तरण गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री बालकृष्ण खाणले विपद्बाट बच्न विपद् हुनुअघिबाटै आवश्यक उपकरणहरू जुटाउन आवश्यक रहेको बताए । त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपमा अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले नेपालको विपद् उद्धार प्रणालीमा यस प्रकारको पहिलो भेहिकल बताए । उनले मानिसको जीवन बचाउन, ठूला घटनामा उद्धार गर्न, ठूला दुर्घटनामा हुने जनधनको क्षतिलाई कम गर्न भेहिकलले सहयोग गर्ने  विश्वास व्यक्त गरे ।

अत्याधुनिक भेहिकलमा एकैपटकमा ६ जनालाई अस्पतालको सुविधासहित उद्धार गर्न सकिन्छ । यसमा रहेको उपकरणले यसलाई मिनी अस्पताल नै बनाएको छ । 
यी भेहिकलहरूमा मिनी–अस्पताल प्रकारका उपकरणहरू रहेका छन् ।  यी ठूला एम्बुलेन्समा पोर्टेबल भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज पम्प, इनफ्युजन पम्प, अक्सिजन कन्सेन्ट्रेटर, इसिजी मेसिन, अल्ट्रासाउन्ड मेसिन, सिसिटिभी क्यामरा छन् । उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र गृहसचिव टेकनारायण पाण्डेलगायत अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।