१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ६ शुक्रबार
  • Sunday, 11 May, 2025
सोनी राई सोलुखुम्बु
२o७९ श्रावण ६ शुक्रबार १९:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एक वर्षमा सोलुखुम्बुमा २ लाख १५ हजार क्युफिट काठ निकासी 

Read Time : < 1 मिनेट
सोनी राई, सोलुखुम्बु
नयाँ पत्रिका
२o७९ श्रावण ६ शुक्रबार १९:o३:oo

सोलुखुम्बुमा एक वर्षको अवधिमा २ लाखभन्दा बढी क्युफिट काठ निकासी भएको छ। गत आर्थिक वर्ष ०७८/७९ मा २ लाख १५ हजार ६३.१८ क्युफिट काठ निजी वनबाट निकासी भएको हो। 

डिभिजन वन कार्यालय सोलुखुम्बुका अनुसार साउन महिनामा ९ हजार ७८५.९९, भदौमा १ हजार ९४२.३२, असोजमा १६०.१५, कात्तिकमा ११ हजार ८६७.४५, मंसिरमा २५ हजार ५५१.७९, पुसमा १८ हजार ११९.२७, माघमा ४१ हजार ८६४.६२ क्युफिट काठ निकासी भएको छ। 

त्यस्तै, फागुन महिनामा ३३ हजार ९६८.३३,  चैत्रमा २२ हजार ५७.८७,  वैशाखमा २२ हजार ७८७.६५, जेठमा १७ हजार ९५७.८४ र असारमा ८ हजार ९९९.९० क्युफिट काठ निकासी भएको फरेस्टर खेचरबाबु बाँस्तोलाले बताए। एक वर्षको अवधिमा निकासी भएको २ लाख १५ हजार ६३.१८ क्युफिट काठबाट ३५ लाख ८६ हजार २८ रुपैयाँ राजस्व संकलन भएको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ।