१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ३२ शनिबार
  • Friday, 27 June, 2025
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२o७९ असार ३२ शनिबार १६:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सहायता र विकासको नाममा भइरहेको अतिक्रमणले परराष्ट्र नीति चिन्ताजनक अवस्थामा : लिङ्देन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार ३२ शनिबार १६:४९:oo

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पछिल्लो समय मुलुकको परराष्ट्र सम्बन्ध कमजोर भएको भन्दै चिन्ता व्यक्त गरेका छन्। शनिबार काठमाडौंमा आयोजित विचार गोष्ठीमा उनले सहायता र विकासका नाममा, सांस्कृतिक क्षेत्रमा भइरहेको अतिक्रमणले परराष्ट्र नीति चिन्ताजनक अवस्थामा पुगेको बताए ।

लिङ्देनले भने, ‘आज पछिल्लो दिनमा सहायताको नाममा, विकासको नाममा सांस्कृतिक क्षेत्रमा जुन प्रकारको अतिक्रमण बढ्दै गएको छ।’ उनले सबै दलसँग परामर्श गरेर तत्काल साझा धारणासहितको परराष्ट्र नीति बनाउनसमेत सरकारसँग आग्रह गरे।

पृथ्वीनारायण शाहका दिव्योपदेशलाई अनुसरण गरेर अघि बढ्न सके त्यसले मुलुकको राष्ट्रिय नीति र परराष्ट्र नीतिमा कुनै समस्या नआउने उनको दाबी छ। ‘मलाई लाग्छ, पृथ्वीनारायण शाहको दिव्याेपदेशलाई लिने हो भने केवल परराष्ट्र नीति मात्र होइन। विनापूर्वाग्रह हेर्ने हो भने एउटा राष्ट्रिय नीति नै बन्न सक्दछ ।’