Skip This
कमला नदी ब्यारेजमा दुई युवकको शव फेला 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २७ सोमबार
  • Tuesday, 13 May, 2025
२o७९ असार २७ सोमबार १३:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कमला नदी ब्यारेजमा दुई युवकको शव फेला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार २७ सोमबार १३:२७:oo

सिराहा र धनुषाको सीमानदी कमलामा दुई युवकको शव फेला परेको छ। कर्जन्हा नगरपालिका– १  स्थित कमला नदीको ब्यारेजमा सोमबार बिहान दुईवटा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

फेला परेको शव सिराहाको कर्जन्हा नगरपालिका– २ बन्दीपुरका १७ वर्षीय मोहमद अली र उनका फुपूका छोरा भारत बिहारका १९ वर्षीय जफर शेखको रहेको प्रहरीले जनाएको छ। सिँचाइ गर्न कमला नदीको बन्दीपुरमा बनाइएको ब्यारेजको ढोकामा नदीको उत्तरबाट बगेर आएको शव अड्किएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रहरी टोली घटनास्थल पुगेर शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान पठाइएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डिएसपी सुवास बुढाथोकीले जानकारी दिए।

प्रहरीका अनुसार बकर इदको अवसरमा दुवै दाजुभाइ आइतबार ज.९प ६१९४ नम्बरको बुलेट बाइक चढेर कमला नदीको उत्तरबाहिनी पर्यटकीय क्षेत्र पुगेका थिए। दुवैजना नदीमा नुहाउने क्रममा बगेर ब्यारेजको ढोकाछेउमा पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता बुढाथोकीले बताए।