१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
सोनी राई सोलुखुम्बु
Invalid date format १८:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सोलुखुम्बु साक्षर जिल्ला घोषित

Read Time : < 1 मिनेट
सोनी राई, सोलुखुम्बु
नयाँ पत्रिका
Invalid date format १८:५९:oo

सोलुखुम्बु जिल्लालाई साक्षर जिल्ला घोषित गरिएको छ । साक्षर नेपाल, समृद्धिको आधार, साक्षर सोलुखुम्बु हाम्रो गौरव, हामी सबैको प्रणः सार्वजनिक शिक्षा प्रणालीको सबलीकरण भन्ने नाराका साथ जिल्लाका १५ देखि ६० वर्ष उमेर समूहका ९६.७३ प्रतिशत नागरिक साक्षर भएपछि जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख कृष्णप्रसाद निरौलाले पेस गरेको साक्षर जिल्ला घोषणाको प्रस्तावमा प्रतिनिधिसभा सदस्य हेमकुमार राई ‘शूरवीर’ले जिल्लालाई साक्षर घोषणा गरेका हुन् । सोही क्रममा सांसद राईले नीतिगत कमजोरीका कारण नेपालमा गुणस्तरीय शिक्षामा अपेक्षाकृत उपलब्धि हासिल गर्न नसकेको बताए । प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीले शिक्षित जिल्ला बनाउने जिम्मा शिक्षकको हातमा रहेको बताए ।

साक्षर जिल्ला घोषणा कार्यक्रममा बोल्दै समन्वय प्रमुख तथा साक्षरता अभियान सोलुखुम्बुका संयोजक निरौलाले गुणस्तरीय शैक्षिक परिवर्तनका लागि राष्ट्रिय नीति परिवर्तन हुनुपर्ने बताए ।