Skip This
दुर्घटना बढेको भन्दै सवारी साधनमा लेखिएको सायरी हटाउँदै ट्राफिक प्रहरी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २३ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असार २३ बिहीबार १२:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दुर्घटना बढेको भन्दै सवारी साधनमा लेखिएको सायरी हटाउँदै ट्राफिक प्रहरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार २३ बिहीबार १२:१८:oo

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सवारी साधनमा लेखिएका सायरी र गजल हटाउने अभियान सञ्चालन गरेको छ। काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सवारी साधनमा लेखिएका अश्लिल, अपाच्य, गाली, कानुनविपरीत तथा सामाजमा विकृति ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाइहरु हटाउने अभियान सञ्चालन गरेको बताएकाे छ।
 
सवारीका विभिन्न भागमा लेखिएका त्यस्ता सामग्रीले चालकको ध्यान मोडिई दुर्घटना निम्त्याएको पाइएपछि त्यस्ता साहित्य मेटाउने अभियान थालिएको ट्राफिक प्रहरीले जनाएको छ। ‘ती कुराहरुले कतिपय चालकको ध्यान भंग गर्न सक्छ र त्यसबाट दुर्घटनासमेत निम्तन सक्छ,’ डिएसपी बाल नरसिंह राणा भन्छन्, ‘दुर्घटना नहोस् भनेर सवारीसाधनमा लेखिएका सायरी तथा भनाइहरु मेटाउन लागिएको हो।’ उनका अनुसार काठमाडौं उपत्यकासँगै देशभरी गुड्ने सवारीसाधनमा यो नियम लागू हुनेछ।

अश्लिल लाग्ने र द्विअर्थी लेखहरुले सामाजिक र मानसिक खलल, हिंसा र विकृति बढाएको तथा सडक सभ्यतामा पनि आँच आएको ट्राफिक प्रहरीको तर्क छ। नेपालको कानुनविपरीत महिला, बालबालिका, सीमान्तकृत समुदायलाई अपमान र अवहेलना गर्ने गरी कुनै पनि लेख रचना कविता सायरी वा कुनै पनि प्रकारका सामग्री प्रचारप्रसार गर्न वा लेख्न नपाईने भएकाले यसलाई अभियानकै रुपमा सञ्चालनमा ल्याइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

त्यसैगरी, सवारीको सिसामा स्टिकर वा अन्य कुनै प्रचार सामग्री नटाँस्न समेत ट्राफिक प्रहरीले चालकहरूलाई सुसुचित गरेको छ। ट्राफिक प्रहरीले क्याबिनमा म्युजिक सिस्टम तथा सजावटका लागि झल्लरलगायतका सामाग्री राख्न पनि निषेध गरेको छ।