मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार २० सोमबार ०७:३७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कुमारी बैंक र बनेपा डेन्टल केयरबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार २० सोमबार ०७:३७:००

कुमारी बैंक लिमिटेड र काभ्रेको बनेपामा रहेको बनेपा डेन्टल केयरबीच कुमारी बैंकका ग्राहकलाई बनेपा डेन्टल केयरबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट दिने समझदारी भएको छ । 

सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले उक्त डेन्टल केयरबाट सेवा लिएबापत गर्नुपर्ने भुक्तानी कुमारी बैंकको डेबिट–क्रेडिट कार्डमार्फत गर्दा जेनेरल डेन्टिस्ट्री, पेडोेडोन्टिक्स, प्रोस्टोडोन्टिक्स र इन्डोडोन्टिक्समा २० प्रतिशत तथा अर्थोडोन्टिक्स र डेन्टल इम्प्लान्टमा १० प्रतिशत छुट पाउने जनाइएको छ ।

यस सुविधाबाट सेवाग्राहीले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्ने बैंकले विश्वास व्यक्त गरेको छ । बैंकले हाल देशभरमा एक सय ९७ शाखा, एक सय ८६ एटिएम, ४५ शाखारहित बैंकिङ इकाइ तथा २४ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको जनाएको छ ।