१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १७ शुक्रबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १७ शुक्रबार १२:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौं महानगरभित्र भिक्षा माग्न निषेध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १७ शुक्रबार १२:४४:oo

काठमाडौं महानगरपालिकाको सार्वजनिक स्थलमा भिक्षा माग्न निषेध गरिएको छ। नगर सभाको ११औँ अधिवेशनबाट स्वीकृत नीतिका आधारमा सार्वजनिक स्थलमा भिक्षा माग्न निषेध गरिएको महानगरले आज एक सूचना जारी गर्दै जानकारी गराएको छ।

यद्यपि, साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चलिआएको परम्पराअनुसार वा कुनै धार्मिक तथा सांस्कृतिक कार्यमा भने यो नियम लागू नहुने सूचनामा प्रस्ट पारिएको छ। ‘सूचना प्रकाशित भएको मितिले १० दिनभित्र उल्लेखित सार्वजनिक स्थलमा भिक्षा माग्ने वा माग्न लगाउने कार्य नगर्नू तथा नगराउनुहुन सूचित गरिन्छ। यस कार्यमा सहयोग गर्न सम्बद्ध व्यक्ति र आममहानगरवासीमा समेत अनुरोध गरिन्छ,’ सूचनामा उल्लेख छ।

उक्त सूचनाको उल्लंघन गरेमा मुलुकी अपराधसंहिता, स्थानीय सरकार सञ्चालन ऐन र प्रचलित कानुनबमोजिम कारबाही गर्ने महानगरले चेतावनी दिएको छ। असहाय, बिरामी, बेवारिसेलगायतलाई सेवा आवश्यक परे महानगपालिका वा मानव सेवा आश्रममा सम्पर्क गर्नसमेत महानगरले अनुरोध गरेको छ।