१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १३ सोमबार १३:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आगामी निर्वाचनमा सबै क्षेत्रमा आफ्नै उम्मेदवार छान्छौँ : अध्यक्ष नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १३ सोमबार १३:५७:००

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सबै निर्वाचन क्षेत्रमा आफ्नो पार्टीले उम्मेदवार छान्ने बताएका छन्। राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रदेश सभा र प्रतिनिधिसभाका सबै निर्वाचन क्षेत्रमा अहिले नै उम्मेदवार छान्ने बताएका हुन्।

‘अब अरूमाथि भरोसा गरेर चल्ने होइन। आफ्नो शक्ति निर्माण गर्ने कामका लागि हामीले एक सय ६५ वटै निर्वाचन क्षेत्रमा अहिलेदेखि नै उम्मेदवार छान्नुपर्छ। भोलि चुनावमा उठाउनुपर्ने उहाँहरूमध्ये नै हुनेछन्। चुनावमा उम्मेदवार बन्न नसके पनि डमी उम्मेदवार उहाँहरू नै हुनुपर्छ। तर, एक सय ६५ वटै निर्वाचन क्षेत्रमा हामीले तयारी गर्नैपर्छ। तीन सय ३० प्रदेश सभाका सदस्यको निम्ति हामीले अहिलेदेखि नै जिम्मेवारी दिनैपर्छ,’ उनले भने।

अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा पार्टीले प्राप्त गरेको मतको समीक्षा गर्न र आगामी प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा सम्पूर्ण ध्यान केन्द्रित गर्न कार्यकर्तालाई निर्देशन दिएका छन्। पार्टीले २८ प्रतिशत स्थानमा मात्र उम्मेदवारी दिँदा नौ लाख मत प्राप्त गरेको उल्लेख गर्दैै उनले सबै स्थानमा दिएको भए कम्तीमा २० लाख मत आउने दाबी गरे।