Skip This
तुलसीपुरमा ऋणको प्रभाव, विगतका वर्षभन्दा कम बजेट
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १० शुक्रबार
  • Tuesday, 13 May, 2025
२o७९ असार १० शुक्रबार २o:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तुलसीपुरमा ऋणको प्रभाव, विगतका वर्षभन्दा कम बजेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार १० शुक्रबार २o:१८:oo

दाङको तुलसीपुर उपमहानगरपालिकामा चालू आर्थिक वर्षमा महत्वाकांक्षी योजना हुँदा त्यसले आगामी वर्षको बजेटमा प्रभाव पारेको छ। चालू आर्थिक वर्ष ०७८/७९ का लागि तीन अर्ब ३९ करोड ९६ लाख १५ हजार बजेट विनियोजन भएकोमा आगामी आर्थिक वर्षका लागि एक अर्ब ८६ करोड ४७ लाख ७९ हजार मात्रै विनियोजन भएको छ। जुन विगतभन्दा एक अर्ब ५३ करोड ४८ लाख ३६ हजार कम हो । 

विगतमा महत्वाकांक्षी योजना भए तर आन्तरिक आम्दानी न्यून भएपछि त्यसको मारमा अहिलेका जनप्रतिनिधि परेका छन्। उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलका अनुसार चालू आर्थिक वर्षमा गरेका योजनाहरूको अझै ३० करोड भुक्तानी हुन बाँकी छ। ६० करोड आन्तरिक आम्दानीको अनुमान गरिएको भए पनि जेठ मसान्तसम्ममा १९ करोड १५ लाख मात्रै आम्दानी भएको छ। ‘धेरै महत्वाकांक्षी योजनाहरू अघि सारियो, आन्तरिक आय पनि ६० करोडको अनुगमन गरियो तर अहिलेसम्म १९ करोड १५ लाख मात्रै आम्दानी हुने गरेको छ,’ उनले भने, ‘यही कारणले पनि अहिले बजेटमा कमी आएको हो ।’

नगरप्रमुख टीकाराम खड्काका अनुसार असारे विकासलाई मंसिरदेखि चैतमै पूरा गरिएकाले पनि अहिले दायित्व बढी भएको बताए। उनका अनुसार अब चालू वर्षको दायित्व अर्को वर्ष तिर्न सकिनेसमेत उनको भनाइ छ । भुक्तानीका लागि बाँकी रहेकाहरूलाई पनि साउनभित्र भुक्तानी गरिसक्ने उनको भनाइ छ । 
 
उपमहानगरपालिकाले शुक्रबार सार्वजनिक गरेको बजेटअनुसार आगामी वर्षका लागि आन्तरिक आय  ३० करोड १२ लाख, स्थानीय तह राजस्व बाँडफाँटबाट मालपोत रजिस्ट्रेसनबाट १० करोड अनुमान गरेको छ ।  

वडामा विगतभन्दा थोरै बजेट 
अहिले वडामा पनि थोरै बजेट गएको छ। विगतमा एक करोडभन्दा गएको भए पनि अहिले ७० लाखको सिलिङ बनेको एक वडाध्यक्षले बताए। यो बजेटले वडामा केही पनि गर्न नसकिने उनको भनाइ छ ।