मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फ्रेडी विल्किन्सन
२०७९ असार १० शुक्रबार ०७:४७:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सगरमाथामा जलवायु अध्ययनको आवश्यकता 

तेस्रो धुव क्षेत्रमा बाँकी विश्वको तुलनामा झन्डै दोब्बर तापक्रम बढेको छ । अग्ला हिमालहरूले दुई हजार वर्षमा सबैभन्दा तातो शताब्दीको अनुभव गरिरहेका छन् ।

Read Time : > 2 मिनेट
फ्रेडी विल्किन्सन
२०७९ असार १० शुक्रबार ०७:४७:००

यो वसन्तमा सगरमाथा आरोहीलाई एक नयाँ ल्यान्डमार्क अर्थात् वैज्ञानिक उपकरण जडान गरिएको सात फिट अग्लो एक स्तम्भले स्वागत गरेको छ । स्तम्भ र सगरमाथा चुचुरोको दूरी एक सय ३० फिट मात्रै छ । यहाँबाट सगरमाथाको उत्तरी मोहडा अर्थात् चीन र चीनतर्फ समदूरीमा रहेको अर्को मौसम विज्ञान स्टेसन देख्न सकिन्छ । यी दुवै स्वचालित मौसम स्टेसन सगरमाथाका दुई सबैभन्दा अनुकूल पर्ने मार्गमा स्थापना गरिएका छन्, र यी सबैभन्दा उच्च बिन्दुका संरचना हुन् ।

सगरमाथा विवादको विषय हुनु नौलो होइन, सगरमाथा कसको भन्नेमा विवाद भएको लामो समय भएको छैन । र, अहिले नेपालले खडा गरेको स्टेसन अग्लो वा चीनले खडा गरेको अग्लो भन्नेमा विवाद देखिन्छ । दुवै मुलुकको सीमाले सगरमाथालाई विभाजन गर्छ र दुवै मुलुकका अधिकारीले सगरमाथा आफ्नो मुलुकको सान भएको दाबी गर्छन् । यसको निक्र्योल अब गिनिज वल्र्ड रेकर्ड्सकै अनुसन्धानले गर्ला । 

तर, यी विवादभन्दा निःसन्देह अन्य धेरै महत्‍वपूर्ण विषय छन् । विश्वकै शीर्ष स्थाननजिक मौसम स्टेसन पूर्वाधार बन्नुले सगरमाथामा जलवायु परिवर्तनको हाम्रो बुझाइ एक बिन्दुमा पुगेको छ । तेस्रो ध्रुुव भनिने क्षेत्रमा पृथ्वीका अग्ला हिमाल पाउन सकिन्छ जहाँ उत्तर र दक्षिण ध्रुवीय क्षेत्रपछि सबैभन्दा बाक्लो बरफका पत्र पनि छन् । यस क्षेत्रका हिमनदीले करिब १० वटा नदी प्रणाली बनाएको छ र दुई अर्ब अर्थात् विश्वका एकचौथाई मानिसले यहीँबाट पानी पाउँछन् ।

हिमताल बिलाउँदै गर्दा दुर्गम एवं विकट क्षेत्रमा तापक्रम वृद्धिको दर, दायरा र प्रभावबारे जानकारी पाउन नेपाल र चीनको साझेदारी महत्‍वपूर्ण हुनेछ । उसो त चीन आगन्तुकलाई स्वागत गरिहाल्दैन र त्यसमा जुन २०२० मा कोभिड महामारी सुरु भएयता सगरमाथाको चीनतर्फको मोहडामा विदेशी पर्वतारोहीलाई रोक लगाइएको छ । यद्यपि, शोधकर्ता नेपाल र चीन दुवैले सहकार्य गर्नेमा आशावादी छन् ।  

तेस्रो ध्रुुव क्षेत्रमा बाँकी विश्वको तुलनामा झन्डै दोब्बर तापक्रम बढेको छ र यो वृद्धि पछिल्लो ६० वर्षयता देखिएको हो । उच्च हिमालहरूले दुई हजार वर्षमा सबैभन्दा तातो शताब्दीको अनुभव गरिरहेका छन् । र, यस तथ्यका आधारमा जलवायु प्रकोपको सामना गर्न चाहिने अध्ययनका लागि तेस्रो ध्रुव क्षेत्र महत्‍वपूर्ण स्थान बनेको छ । यो वर्ष तेस्रो ध्रुव क्षेत्रका प्रकाशित विस्तृत जलवायु मूल्यांकन पत्रअनुसार सगरमाथावरपर रहेका हिमनदीको दुईतिहाइ भाग सन् २१०० सम्ममा विलाउन सक्छन् । यद्यपि, मूल्यांकनपत्रले क्षेत्रीय जलवायु तथ्यांक ठुलो ‘ज्ञानको अन्तर’ रहेको बताएको छ किनभने यी उच्च क्षेत्रका असंख्य हिमनदीमा वार्षिक हिमपातबाट हिउँ जम्मा हुन्छ । 

यो प्रतिकूल वातावरणमा सही भौगोलिक तथ्यांक संकलन गर्नका निम्ति धेरै चुनौती छन् भन्ने स्पष्ट छ । यद्यपि, केही दशकयता धेरै वैज्ञानिकले यो चुनौती स्वीकार गरेका छन् । नेसनल जियोग्राफिक सोसाइटी, नेपाल सरकार र घडी निर्माता रोलेक्स कम्पनीको सहयोगमा सन् २०१९ को वसन्तमा विश्वभरका विश्वविद्यालय र संस्थाका ३० भन्दा बढी बहुविधाका वैज्ञानिकसहितको खोजयात्रा आयोजना गरिएको थियो । यस यात्रामा मैले पनि सहभागी भएर यात्राका गतिविधिको अभिलेख राख्न सहयोग गरेको थिएँ । हाम्रा र अरूका अध्ययनबाट यस क्षेत्रबारे अचम्म लाग्दो जानकारी प्राप्त भएको थियो । 

उदाहरण, सगरमाथाको सबैभन्दा अग्लो हिमनदी साउथ कोलबाट २६ हजार फिटभन्दा माथिको उचाइमा लिइएको सबैभन्दा भित्री सतहको बरफले हिउँ करिब दुई हजार वर्ष पुरानो भएको देखाएको छ । त्यसयता जम्मा भएर एक सय ८० फिट अग्लो हुनुपर्ने हिउँ बिलाएको देखिन्छ । सगरमाथा आरोहीले पनि निकै कष्ट भोगेको देखिन्छ । हिमालको लगभग सबै हिउँको नमुनामा माइक्रोप्लास्टिक फेला परेको थियो र हिउँ एवं पानीका नमुनामा पिएफएएस नामक रसायन फेला परेको थियो । 

सगरमाथाको उत्तरी मोहडामा चीनका उच्च भेगका अनुसन्धानकर्ताका उपलब्धि पनि उल्लेखनीय छन् । यी अनुसन्धाताले वर्षौँदेखि यस क्षेत्रको मौसमी अवस्थाको विस्तृत इतिहास संकलन गरेका छन् । चीनको स्टेट कि ल्याबोरेटरी अफ क्रायोस्फेरिक साइन्सेसका सिचाङ काङ निःसन्देह सबैभन्दा धेरै अनुभव भएका सगरमाथा जलवायु वैज्ञानिक हुन् । २१ हजार तीन सय फिटभन्दा अग्ला क्षेत्रका ११ वैज्ञानिक खोजका अतिरिक्त डा. काङले सन् १९९७ देखि सगरमाथा क्षेत्रमा काम गर्न थालेका थिए । चिनियाँ मौसम स्टेसन देशको प्रमुख अनुसन्धान प्रयासको एक हिस्सा मात्र हो जसमा गत वसन्तमा यो क्षेत्रको अध्ययन गर्न दुई सय ७० भन्दा बढी अनुसन्धानकर्ता संलग्न थिए ।

धेरै पर्वतारोहीले आधार–शिविरलाई आराम गर्न, अनुकूलन गर्न र आफ्नो आरोहणको योजना बनाउने ठाउँका रूपमा प्रयोग गर्छन् । र, नेपालको आधार शिविर खुम्बु हिमनदी क्षेत्रमा छ । यस सन्दर्भमा भूवैज्ञानिक हिमनदीले द्रुुत रूपमा स्थिरता गुमाइरहेकाले हिमनदीको सतहमा क्याम्पिङ गर्नु बुद्धिमानी होइन भन्ने सल्लाह दिन्छन् । यी कारणलाई ध्यानमा राख्दै नेपालले गत साता आफ्नो सगरमाथाको आधार–शिविरलाई खुम्बु हिमनदी क्षेत्रबाट नयाँ स्थानमा सार्ने बताएको छ ।

नेपालले परियोजनाले संकलित अधिकांश तथ्यांक पत्ता लागेकै समयमा साझा गर्ने प्रतिबद्धता जनाएको छ । चीनतर्फबाट साझा हुने वा नहुनेमा कुनै स्पष्टता छैन । नेपाल परियोजनाका भूवैज्ञानिक डा. मेवेस्की चीनले विश्वको उच्च भेगमा बिग्रँदै गएको जलवायुबारे आफ्नो निष्कर्ष सार्वजनिक गर्नेछ भन्नेमा आशावादी छन् ।

न्युयोर्क टाइम्सबाट