मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format १३:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गाउँपालिका उपाध्यक्षको आफन्तको मृत्युपछि रुपन्देहीको मर्चवारीमा सार्वजनिक बिदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:५८:oo

गाउँपालिका उपाध्यक्षको आफन्तको मृत्यु भएपछि रुपन्देहीको मर्चवारीमा आज सार्वजनिक बिदा दिइएको छ। गाउँपालिका उपाध्यक्ष आशा सिंहको देवर नाता पर्ने व्यक्तिको दुर्घटनामा मृत्यु भएपछि आज सार्वजनिक बिदा दिइएको हो।

गाउँपालिका अध्यक्ष गयाप्रसाद बरईले विज्ञप्ति जारी गरेर असार ५ गते आइतबार (आज) सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन्। गउँपालिका कार्यालय, वडा कार्यालय, विद्यालयलगायतका संघसंस्था सबैमा आज बिदा दिइएको विज्ञप्तिमा उल्लेख छ। मृतक उपाध्यक्षको देवर नाता पर्ने भनिए पनि विज्ञप्तिमा मृतकको परिचय भने खुलाइएको छैन।