१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १ बुधबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १ बुधबार १७:१७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कम्पनीमार्फत स्वास्थ्य बिमा कार्यक्रम अघि बढाउने बजेटको घोषणा कार्यान्वयन गर्दिनँ : स्वास्थ्यमन्त्री खतिवडा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १ बुधबार १७:१७:oo

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले स्वास्थ्य बिमा बोर्डलाई खारेज गरेर कम्पनीमार्फत स्वास्थ्य बिमा कार्यक्रम अघि बढाउने बजेटको घोषणा कार्यान्वयन नगर्ने बताएका छन् । बुधबार  प्रतिनिधिसभामा जारी विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले घोषणा गरेको स्वास्थ्य बिमा बोर्डलाई खारेज गरेर कम्पनीमार्फत स्वास्थ्य बिमा कार्यक्रम अघि बढाउने बजेटको घोषणा कार्यान्वयन नगर्ने बताएका हुन् । 

उनले स्वास्थ्य बिमा कार्यक्रम, ऐनअनुसार नै अघि आफू अगाडि बढ्ने बताए । निःशुल्क औषधि वितरणमा स्वास्थ्य केन्द्रहरूबाट ७० प्रकारका औषधि वितरण गरिएकोमा अब ९८ प्रकारका औषधि वितरण गर्न थालिएको उनले बताए । 

उनले स्वास्थ्य बिमाको लागि पनि ११ सय ३३ किसिमका औषधि समावेश गरिएको जानकारी दिए । उनले, ‘स्वास्थ्य बिमामा कम्पनी लेखिसकिएको भन्ने कुराहरू आयो । त्यसको जिम्मा कसले लिन्छ ? अर्थमन्त्री भोलि संसदमा उभिनुहुन्छ, उहाँको नियत सोध्नुहोला । म लागू गर्दिनँ । अहिले स्वास्थ्य ऐनले जे भनेको छ, त्यो उद्देश्यले गरिएको हो । त्यहीअन्तर्गत जान्छु । अर्थमन्त्रीले होइन भनिसक्नुभयो । यो मैले भनेको कुरा झुटो प्रमाणित भयो भने मंसिरसम्म हामी यही हुन्छौँ । त्यो वेलामा फेरि सोध्नुहोला ।’

मन्त्री खतिवडाले २४ लाख हराएको भनेर दाबी गरिएको खोप मन्त्रालयको वेबसाइटमा हेरेर खोज्न आग्रह गरे । उनले खोपको खोजीका लागि मन्त्रालयको वेबसाइट हेर्न सांसदहरूलाई आग्रह गरे । उनले नेपालमा विभिन्न देशबाट आएका खोपहरू काठमाडौंमा नै कुन मितिमा आएको, काठमाडौंबाट कुन प्रदेशमा कति गएको वेबसाइटमा उल्लेख गरिएको बताए । 

खतिवडाले नेपालमा ५ करोड ३३ लाख खोप आएकोमा ४ करोड ८७ लाख प्रयोग भइसकेको बताए । अझै ४६ लाख ४७ हजार डोज खोप सरकारसँग स्टक रहेको उनले बताए । मन्त्री खतिवडाले आफूविरुद्ध २४ लाख जोड खोप घोटाला गरेको आरोप पुष्टि गर्न चुनौती दिए ।