Skip This
बाँके नापी कार्यालयको कामकाज अनिश्चितकालका लागि बन्द
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ३० सोमबार
  • Tuesday, 13 May, 2025
२o७९ जेठ ३० सोमबार १o:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाँके नापी कार्यालयको कामकाज अनिश्चितकालका लागि बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ३० सोमबार १o:११:oo

नापी कार्यालयको नियमित कामकाज अनिश्चितकालका लागि बन्द भएको छ । शनिबार बेलुकी ७ः३० बजेको समयमा कार्यालयमा आगलागी भएर कम्प्युटरलगायत महत्वपूर्ण उपकरणमा क्षति पुगेपछि नियमित कामकाज अनिश्चितकालका लागि बन्द गरिएको नापी कार्यालयले जानकारी दिएको छ । 

नापी कार्यालयले आइतबार एक सूचना जारी गरी कार्यालयको डाटा, सर्भर र नेटवर्किङमा क्षति पुगेकाले नियमित काम गर्न नसकिने जनाएको छ ।

‘विद्युत् सर्ट भई भएको आगलागीमा परी कार्यालयमा रहेको डाटा, सर्भर र नेटवर्किङ ध्वस्त भएको र डाटा, सर्भर तथा कार्यालयको नेटवर्किङ सिस्टम पुनर्स्थापित गर्न केही समय लाग्ने भएकोले यस कार्यालयबाट दिइँदै आएको सेवाहरू अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गरिएको व्यहोरा सर्वसाधारमा जानकारी गराइन्छ,’ प्रमुख नापी अधिकृत सहदेव सुवेदीद्वारा जारी सूचनामा भनिएको छ ।