मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी
२०७९ जेठ २६ बिहीबार ०७:२४:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

सात सय कटे मंकिपक्स संक्रमित

Read Time : > 1 मिनेट
एजेन्सी
२०७९ जेठ २६ बिहीबार ०७:२४:००

विश्वभर सात सयभन्दा बढी मानिसमा मंकिपक्स संक्रमण पुष्टि भएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)का अनुसार सबैभन्दा धेरै क्यानडामा ७७ र अमेरिकामा २१ जना छन् । 

अफ्रिका, अमेरिका र केही युरोपियन देशमा फैलिरहेको मंकिपक्स संक्रमण अझै धेरैमा फैलिएको हुन सक्ने आशंका छ । संक्रमण केही दिनमै निको भइरहेका कारण गम्भीर समस्या भने नदेखिएको सिडिसीले जनाएको छ । संक्रमणकै कारण हालसम्म कसैको मृत्यु भएको पुष्टि भने भएको छैन । मंकिपक्स स्मलपक्ससँग सम्बन्धित रहे पनि कम गम्भीर मान्ने गरिन्छ । संक्रमणबाट ज्वरो आउने, चिसो लाग्ने, दुखाइ हुने र छालामा दाग फैलिनेजस्ता लक्षण देखिएका छन् । 

मंकिपक्स फैलिन थालेपछि स्मलपक्सको औषधि र भ्याक्सिन प्रयोगमा ल्याइएको छ । अमेरिकाको ११ वटै प्रदेशमा मंकिपक्स फैलिएपछि स्मलपक्सको भ्याक्सिन प्रयोग गर्न थालेको सिडिसीले जनाएको छ । अमेरिकामा १२ सय डोज भ्याक्सिन र सयभन्दा बढी व्यक्तिलाई प्रयोग गर्न मिल्ने औषधिका डोजहरू संक्रमित भएका स्थानमा पठाइएको जनाइएको छ । 

मंकिपक्स स्मलपक्ससँग सम्बन्धित रहे पनि कम गम्भीर मान्ने गरिन्छ । संक्रमणबाट ज्वरो आउने, चिसो लाग्ने, दुखाइ हुने र छालामा दाग फैलिनेजस्ता लक्षण देखिएका छन् ।

 उपचारमा स्मलपक्सको भ्याक्सिन र औषधि प्रयोग 
मंकिपक्स रोकथामका लागि स्मलपक्स संक्रमणविरुद्ध प्रयोगमा ल्याएको एसिएम २०० र जेनिओज नामक भ्याक्सिन प्रयोगमा ल्याइएको छ । सामान्यतया बिफर अर्थात् स्मलपक्स उन्मूलन भइसके पनि यसको उपचारका लागि तयार पारिएका भ्याक्सिन र औषधिलाई अन्य सम्बन्धित संक्रमणविरुद्ध जैविक हतियारको रूपमा प्रयोग गर्न सुरक्षित राखिएको ग्लोबल हेल्थ सेक्युरिटीले जनाएको छ ।

जेनिओज भ्याक्सिन अन्य खोपहरूको तुलनामा कम साइड इफेक्ट देखिने नयाँ भ्याक्सिन भएको सिडिसीको दाबी छ ।  बिफरविरुद्धको भ्याक्सिन पर्याप्त उपलब्ध भएकाले संक्रमणविरुद्ध प्रयोगमा ल्याउन सकिने विज्ञहरूले बताएका छन् । सिडिसीले स्मलपक्सको उपचारमा प्रयोग गरिने दुई एन्टिभाइरल औषधि मंकिपक्सविरुद्ध प्रयोग गर्न अनुमतिसमेत दिएको छ । मंकिपक्सको उपचारका लागि टिपिओएक्स र सिडोफोभिरलाई प्रयोग गर्न अनुमति दिएको हो । 

सामान्यतया मंकिपक्स जोसुकैमा हुन सक्ने भए पनि संमलिगी पुरुषहरू बढी प्रभावित देखिएका छन् । संक्रमितको नजिकको सम्पर्कबाट अर्को व्यक्तिमा सजिलैसँग सर्न सक्ने भएकाले संक्रमण लक्षण देखा परेमा समयमै आवश्यक स्वास्थ्य जाँच गराउन चिकित्सकले आग्रह गरेका छन् ।