
विश्व वातावरण दिवसका अवसरमा सानो गौचरनस्थित महेन्द्र भवन माध्यमिक विद्यालयका विद्यार्थीले वृक्षरोपण गरेका छन्। प्रभातफेरीपश्चात् विद्यार्थीले विद्यालय प्रांगणभित्र वृक्षरोपण गरेका हुन्।
विद्यार्थीलाई वातावरणप्रति सजग बनाउन वृक्षरोपण गरिएको विद्यालयले जनाएको छ। बिग्रँदो वातावरणीय अवस्था र यसले गर्दा उत्पन्न चुनौतीको सामना गर्न तथा जागरुक बनाउन कार्यक्रमको आयोजना गरिएको बताइएको छ। सो अवसरमा विद्यार्थीले करिब सयवटा बिरुवा रोपेका छन्।
तस्बिरहरू :