१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २० शुक्रबार
  • Sunday, 11 May, 2025
तस्बिर : कञ्चनपुरको जमुनाघाडीमा भारतीय पक्षले वृक्षरोपण गर्न लागेको नेपाली भूमी
मोहन विष्ट कञ्चनपुर
२o७९ जेठ २० शुक्रबार १६:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्थानीयको विरोधपछि रोकियो दोधाराचाँदनीमा वृक्षरोपण गर्ने भारतको योजना

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o७९ जेठ २० शुक्रबार १६:३६:oo

नेपाली भूमि अतिक्रमण गरी वृक्षरोपण गर्ने भारतीय प्रयास स्थानीय नेपालीको विरोधपछि रोकिएको छ। कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका– ३ जमुनाघाडीमा भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गरेर वृक्षरोपण गर्ने तयारी गरेको थियो। स्थानीयको विरोधपछि सशस्त्र प्रहरीले भारतीय पक्षले वृक्षरोपणका लागि गाडेको पोल उखेलिदिएको छ।

नेपाली पक्षको अवरोधपछि नेपाली भूमि मिचेर वृक्षरोपण गर्ने भारतीय प्रयास रोकिएको दोधारा–चाँदनीका मेयर किशोर लिम्बूले बताए। ‘एकलौटी रूपमा नेपाली भूमिमा वृक्षरोपण गर्ने भारतीय पक्षको प्रयास  रोकिएको छ,’ मेयर लिम्बूले भने, ‘अतिक्रमित हुने क्षेत्रमा सशस्त्र प्रहरीलाई २४ सै घन्टा उपस्थिति हुन अनुरोध गरेका छौँ।’ 

भारतीय पक्षले पटकपटक नेपाली भूमि अतिक्रमण गर्नेदेखि हस्तक्षेप गर्दै आएको छ। यसअघि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले बेलौरी नगरपालिकामा होरिलाल चौधरीलाई आफ्नै खेत जोत्नबाट रोक लगाएको थियो। बेलौरी र दोधारा–चाँदनीमा उत्पन्न सीमा विवादबारे दुवै देशका अधिकारीले बसेर समाधान गर्ने बताइएको छ।

 

याे पनि पढ्नुहाेस् : गुगल म्यापअनुसार जमिन भारतमा पर्ने भन्दै नेपालीलाई खेत जोत्नबाट रोक