
नेपाल नागरिक उड्ययन प्राधिकरणले मौसम प्रतिकूलताका कारणले बेपत्ता तारा एएरको जहाजको खोजीमा कठिनाइ भएको जनाएको छ। प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्तिमार्फत काठमाडाैं, पोखरा तथा जोमसोम विमानस्थलमा हेलिकोप्टर स्ट्यान्डबाई राखिए पनि खोजीका लागि कठिनाइ भएको जानकारी गराएको हो।
मौसममा सुधार आउनासाथ हवाईमार्गबाट खोजीकार्य पुनः सुरु गरिने प्राधिकरणले जनाएको छ । स्थलमार्गबाट खोजीकार्यका लागि भने नेपाली सेना र नेपाल प्रहरीको टोली प्रस्थान गरिसकेको जनाएको छ।
‘विमानको अवस्थाबारे खोजतलासका लागि फिस्टेल एयरको हेलिकाेप्टरलाई त्यसतर्फ पठाइएकोमा प्रतिकूल मौसमको कारणले उक्त हेलिकाेप्टर पुनः जोमसोम नै फर्किएको र काठमाडाैं, पोखरा तथा जोमसोम विमानस्थलमा खोज तथा उद्धार कार्यका लागि थप हेलिाेकप्टरहरू स्ट्यान्डबाई राखिएको छ,’ प्राधिकरणले भनेको छ, ‘मौसममा सुधार आउनासाथ हवाईमार्गबाट खोजीकार्य पुनः सुरु गरिनेछ । स्थलमार्गबाट खोजीकार्य गर्न नेपाली सेना र नेपाल प्रहरीसमेत त्यसतर्फ प्रस्थान गरिसकेका छन्।
बेपत्ता जहाज अन्तिमपटक १०ः७ मा घोडेपानीबाट जोमसोम टावरको सम्पर्कमा आएको र त्यसपछि सम्पर्कविहीन बनेको थियो।