Skip This
Skip This
निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असार १५ बुधबार
  • Wednesday, 29 June, 2022
सुजित महत
२०७९ जेठ १३ शुक्रबार ०७:२७:००
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

बालेनको विजयले मूर्त ‘बिपीको सपना’

बालेनहरूले ‘डेलिभरी’ गर्न सके भने पाँच वर्षपछि हुने चुनावमा धेरैले स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी संग्राममा भिड्ने आँट बटुल्नेछन् 

Read Time : > 5 मिनेट
सुजित महत
२०७९ जेठ १३ शुक्रबार ०७:२७:००

पन्ध्र सालको म्याराथन चुनाव, मुलुकको पहिलो आमचुनावमा मतदान सुरु भएको दिनदेखि अन्तिम मतपरिणाम सार्वजनिक हु“दा ४५ दिन बितेको थियो । ७ फागुनमा पहिलो चरणको मतदान भएकामा अन्तिम परिणाम २८ चैतमा आएको थियो । सिराहा पश्चिम (क्षेत्र नम्बर ४) बाट तराई कांग्रेसका वेदानन्द झा उम्मेदवार थिए भने नेपाली कांग्रेसका माधवप्रसाद रेग्मी । चुनावमा झाले गज्जबको मुद्दा फेला पारे, रेग्मीका रूपमा । तराई कांग्रेस यसै पनि हिन्दीलाई माध्यम भाषाको मान्यता आदि एजेन्डा लिएर गठित पहिलो मधेसवादी क्षेत्रीय पार्टी थियो । मधेसकै मुटुमा पहाडिया उम्मेदवार बनाएकामा उनले मुख्य चुनावी मुद्दा त्यसैलाई बनाइदिए ।

‘पहाडमा त एउटै मधेसी उम्मेदवार छैनन् नै, अब मधेसमै पनि पहाडिया उम्मेदवार बनाएपछि मधेसीले कहा“बाट जित्ने ?’ यस्तै आशयको चुनावी अभियान थियो, उनको । मतदाता आकर्षित गर्दै पनि थिए । कांग्रेस सभापति बिपी कोइरालाले अबको चुनावमा पहाडबाट मधेसी उम्मेदवार उठाएर जिताउने जिम्मा मेरो भन्दै यसपालिका लागि रुखमा मतदान गरेर रेग्मीलाई जिताउन अपिल गरे । बिपीको प्रतिबद्धतालाई मतदाताले विश्वास गरे, झा जमानत जफत हुनबाट बालबाल बचे । यो कुरा कांग्रेस नेता मिनेन्द्र रिजाल मधेसका कार्यक्रममा दोहोर्‍याउने गर्छन् । रिजालले यो बिपीकै मुखबाट सुनेका हुन् रे ! पुष्टि गर्ने दस्ताबेज फेला नपरेकाले फिलहाल बिपीको यो सपनालाई एकल ‘इन्भर्टेड कमा’मा राखिएको छ । 

दुईतिहाइको सरकार गठन गरेको १७ महिनामै अपदस्त भएकाले बिपीले त त्यो ‘प्रतिबद्धता’ पूरा गर्ने मौकै पाएनन् । उनका उत्तराधिकारीले गायत्री मन्त्रजसरी बिपीको नाम, ‘एक हल गोरु र दुहुनो गाई,’ ‘गाउ“को विकास नै नेपालको विकास’ हो आदि कथन जपिरहे । बिपीका कथन मात्रै भट्याएका नेताहरूले पहाडबाट मधेसी जिताउने त कथन पनि उल्लेख गरेनन् । मधेस कांग्रेसको आधार क्षेत्र हो, जरो–किलो हो ह्यान–त्यान भन्दै रहे । कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालासम्म त मधेसस“ग हल्का ‘कनेक्टेड’ सुनिन्थे । भाषा, भेषमार्फत मधेसीस“ग जोडिन खोज्थे । शेरबहादुर देउवा, रामचन्द्र पौडेलजस्ता हपहपी गर्मीमा पनि दौरासुरुवाल, कोट–टोपी लगाएर तर्तरी पसिना चुहाउ“दै मधेस पुग्ने नेताहरूको पालामा कांग्रेस मधेसस“गै टाढिँदै गयो ।

मधेसले त ०१५ कै चुनावमा माधव रेग्मी मात्र होइन, बिपी, सुवर्णशमशेर, सरोज कोइराला, पृथ्वीराज क“डेल, रुद्रप्रसाद गिरी आदिलाई जितायो । पञ्चायतकालमा पनि कृष्णचरण श्रेष्ठ, हेमबहादुर मल्लहरूलाई जिताइरह्यो । राष्ट्रिय पञ्चायतको अन्तिम चुनावमा धनुषाबाट हेमबहादुर र श्रीमती शारदाले नै चुनाव जिते । शरतसिंह भण्डारी त ‘गंगादास आए गंगादास, जमुनादास आए जमुनादास’कै शैलीमा मौसमअनुसार ट्युनिक फेर्दै गए । ०४६ को परिवर्तनपछि कांग्रेस अनि मधेस आन्दोलनको रापतापमा मधेसी पार्टीमा जा“दै चुनाव जित्दै गरिरहेकै छन् । तर, कांग्रेसले पहाडको कुरा त धेरै योजन परको, मधेसमै पनि पहाडियाबहुल क्षेत्रमा मधेसीलाई टिकट दिन आवश्यक ठानेन । कम्युनिस्ट त मधेस र मधेसीबीच धेरै पछि मात्र विस्तारित भएका हुन्, झन् कुरै भएन । 

अहिलेको कांग्रेस नेतृत्वको मधेसप्रति उदासीनता कतिसम्म भने भर्खरै सम्पन्न स्थानीय चुनावमा कोर मधेस भनिने मधेस प्रदेशको प्रमुख केन्द्र जनकपुर र वीरगन्ज दुवै गठबन्धनका साझेदार दललाई जिम्मा लगाइदियो । जनकपुर त अझ विमलेन्द्र निधिका बफादारले टिकट पाउने त हुन् भन्दै जसपालाई दिनुपर्छ भनेर लबिङ गर्ने केन्द्रमा रहेका स्थानीय अनि ‘हो त हई’ भन्दै तदनुरूप गर्ने त शीर्ष नेतृत्व छ । यस्तोमा ‘बिपीको सपना’ पूरा हुने कुरै भएन । काठमाडौँ महानगरवासीले बिपीको त्यो ‘सपना’ ६४ वर्षपछि पूरा गरिदिएका छन् । एकजना ‘एनआरएम’ (नन–रेसिडेन्सियल मधेसी) लाई मेयर बनाएर । हुन त बालेन शाह मधेसी पहिचान ‘हाइड’ मै राखेर चुनावी क्याम्पेन चलाइरहेका थिए । तर ‘काठमाडौँको मेयर एउटा मधेसीले आ“ट्ने’ भन्ने भाकामा केशव स्थापित आइदिएपछि उनले सम्भवतः ‘हाइड’ गर्न खोजेको पहिचान खुल्यो । तैपनि, त्यसले उनलाई बेफाइदा कम, फाइदा ज्यादा भएको देखियो । 

नेपालीलाई खुसी हुन केही चाहि“दैन । अग्लिँदै गएको फोहोरको रास उठ्दा पनि खुसी भएकै छन् । कागतीको भाउ पा“च सय रुपैया“ किलोबाट तीन सय ५० मा झर्दा पनि पुलकित छन् । बालेन शाह, हर्क सामपाङ, गोपाल हमालको जितमै खुसी मात्र छैनन्, तिनको जितले ठूला पार्टीका शीर्ष नेतृत्व थुरथुर होलान् र मति सुध्रिएला भन्नेमा आशावादी सुनिन्छन् । केही स्वतन्त्रको जितले कुशासनको दुश्चक्रमा फ“सेको हाम्रो लोकतन्त्रलाई सही ट्र्याकमा ल्याइदिने भयो जस्तो गर्छन् । अझ खुसी पार्ने सूचीमा मनोज साह र प्रह्लाद क्षेत्रीको पनि नाम पढ्न पाइया छ, जो कांग्रेसका बागी हुन् । कांग्रेसबाट उम्मेदवार बन्ने प्रयत्न विफल भएपछि स्वतन्त्र उम्मेदवारी दिएका केही थान स्वतन्त्रले जित्दैमा दलका शीर्ष वा पुच्छर कतैका नेताले पुछ्नेवाला छैनन् ।

पहाडमा मधेसी उम्मेदवारलाई उठाएर जिताउने बिपीको ‘सपना’ ६४ वर्षपछि काठमाडौं महानगरवासीले पूरा गरिदिएका छन्, एकजना ‘एनआरएम’ (नन–रेसिडेन्सियल मधेसी) लाई मेयर बनाएर

७५३ स्थानीय सरकारमध्ये स्वतन्त्रले १३ पालिका प्रमुख जितेका हुन्, चारजनाले उपप्रमुख जितेका छन् । तिनले स्वतन्त्रको जितलाई दलीय उम्मेदवार जितेकास“ग तुलनात्मक प्रतिशत निकालेरै आफूहरू सच्चिने कुनै आवश्यकता महसुस गर्नेछैनन् । ‘स्वतन्त्रले कति जिते÷कति जिते, तपाईं बढ्ता बोल्दै हुनुन्छ’ भन्दिनेछन् । कांग्रेसलाई हराए बजेट रोक्दिन्छु भन्ने नेतृले जिल्लाभरि कांग्रेसले जितेको प्रमाण पेस गर्दै आफ्नो भाषणको सार्थकता पुष्टि गर्न प्रयास ‘गरिबक्सनेछ’ । मिडियाको अटेन्सन हेर्दा काठमाडौेँका साथै कम्तीमा धरान र धनगढीमा मिडियाको नजर लम्बिने सम्भावना छ । तत्–तत् सहरका मेयरले ‘डेलिभरी’ गर्न सके भने पा“च वर्षपछि हुने चुनावमा शरीरमा राजनीतिको किरा सक्सकाइरहेका धेरै योग्य नागरिकले स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी संग्राममा भिड्न आ“ट बटुल्नेछन् र ठूलो संख्यामा जित्न सम्भव पनि हुनेछ । त्यस्तो भइदियो भनेचाहि“ गैँडाझैँ भइसकेका नेतालाई घोच्न सक्छ है ! 

नत्र, नेताहरूले गुट, नातागोताका आधारमा टिकट दिएका छन् नै, ब्ल्याकमा सिनेमाको टिकट बिक्री भएजसरी बेचिए पनि । रक्तचन्दनको ट्रान्जिट बनेका वेला वारपार गराउन पैसाको बोरा बोकेर कुदेकाले पनि टिकट पाएका छन्, जितेका छन् । गिट्टी–बालुवा, क्रसर, काठ उद्योगवाला, डोजर साहु कति हो कति, टिकट टप्काएका छन्, जितेका पनि छन् । हारे पनि जवाफदेही हुनुपर्ने होइन । बर्दिबास नगरपालिकामा प्रह्लाद क्षेत्रीले टिकट पाएको थाहा पाएपछि कांग्रेस केन्द्रीय सदस्य तथा गृहमन्त्रीपत्नी मञ्जु खाण विमानमा जनकपुर पुगिन् । प्रदेश समितिलाई टिकट चिरञ्जीवी हमालले नै पाउनुपर्छ भनेर थर्काइन् । हमालकै नाममा टिकट निकालेर फर्किइन् । क्षेत्रीले वडासम्मको प्यानल बनाएर चुनाव लडे । क्षेत्रीको प्यानलले उपमेयर, चार वडाअध्यक्षसहित जित्दा कांग्रेसका आधिकारिकले जमानत जोगाउन सकेनन् । खाणले कतै जवाफदेही हुनुपर्नेछैन । अन्तर्घातले गर्दा हारियो भन्दियो, कुरा खत्तम ।

बालेन विजयी भए, आशावादी नेपाली पुलकित छन् । तर, हामी नेपालीका दुःख यत्तिमै सकिँदैनन् । तिनलाई बलिउड सिनेमा ‘नायक’को नायक अनिल कपुरजस्तो नेता चाहिएको छ, जसले २४ घन्टामै ‘प्रलय’ गर्दिन्छ । जसले ‘नायक’ हेरेका छैनन्, तिनको मानसपटलमा पनि त्यस्तै–त्यस्तै नायक बसेको छ । अब बालेनले काठमाडौँका युवामा दक्षिण भारतीय सिनेमाको क्रेज बढ्दै गएको ठम्याएर तिनै सिनेमाको हिरोजस्तो भान पर्ने गेटअप बनाएका रे ! उनमा त झनै ‘नायक’ को नायक छवि अपेक्षा गरिने नै भयो । तैपनि, बालेनले डेलिभरी गर्नेमा आशावादी हुन सकिन्छ । उनले जुन खालको चुस्त–दुरुस्त चुनावी क्याम्पेन गरे, जसले सुरुमा पहिलोचोटि मताधिकार प्रयोग गर्न पाएका र बालिग हुनै बा“कीमा आशाको लहर ल्यायो र अन्ततिर हरेक उमेर, वर्ग, जात, लिंगलाई लोभ्यायो, त्यो आफैँमा प्रशंसनीय छ । यदि विदेशतिर हुने भारीभरकम लगानीका सामाजिक सञ्जालवाला क्याम्पेन होइन भने क्याम्पेनले उनको व्यवस्थापकीय कौशल पुष्टि गर्छ ।

तदनुरूप टिमवर्क गरेको देखिन्छ । यत्तिको कौशल भएको नेताले पदमा पुगेपछि डेलिभर गर्न सक्छ भन्नेमा सुरुमै शंका गरिरहनुपर्दैन । फेरि उनले पूर्वतयारीका क्रममा जसरी सम्बद्ध विषयविज्ञस“ग अन्तत्र्रिmया गरी काठमाडौँमा काम गर्न ‘आइडिया’ लिएका छन्, यसले केही गरिछाड्ने हुटहुटी देखाउ“छ । उनको टिम, क्याम्पेनको शैली आदिमा केही सतही कुरा सार्वजनिक भए पनि धेरै कुरा रहस्यमै छन् । स्मार्ट नेताले सबै कुरा एकैचोटि ह्वात्तहुत्त बाहिर ल्याउँदैन पनि । समयक्रममा क्रमशः सार्वजनिक हुन्छन् । 

एक्लो स्वतन्त्रले केही गर्न सक्दैन भन्नेलाई यति नै भनौँ, धेरै पालिका प्रमुखहरू पालिका कार्यसमितिमा अल्पमत कार्यसमितिसहित जितेका थिए, जितेका छन् । सबै वडाध्यक्ष बहुमत वडा सदस्यसहित जितेका हु“दैनन् । यसअघि पनि त्यस्तै थियो, अहिले पनि यस्तै छ । अब अल्पमतमा छ, यसले काम गर्न सक्दैन भन्नु र बालेनले काम गर्न सक्दैनन् भन्नु उस्तै–उस्तै हो । फोहोर व्यवस्थापन, सम्पदा संरक्षण, वातावरण, फुटपाथ व्यवस्थित बनाउने आदि काममा कुन वडाध्यक्ष, सदस्य बाधा तेस्र्याउन आउला र ! खातेपितेवाला कुरा छ भने त जति नै बहुमत भए पनि प्रमुखलाई आफ्नै पार्टीकाले पनि भाग नलिई काम गर्न दिने होइनन् क्यारे ! चुनौती त छन् । चुनावी क्याम्पेनमा उनका सारथि भनेका उनकै मिसन–भिजनमा उनकै स्पिडमा काम गर्ने साथी हुन् । महानगरको संयन्त्र उनीअनुरूप होइन, ठीकविपरीत नै हुन सक्छ । तिनलाई सारथि बनाएर आफ्नो मिसन–भिजनमा दौडिन पक्कै सजिलो हुनेछैन । 

फेरि पनि बालेन विजयी भए पनि उनलाई अरविन्द केजरिवाल बनाई पार्टी बनाएर (बालेनको अग्रतास“गै बजारमा यही हल्ला छ) सफल हुने सम्भावना तत्कालका लागि छैन । भीमकाय दलहरूलाई भ्रष्टाचार, अस्तव्यस्त व्यवस्थापनको दलदलबाट निकालेरै नतिजा निस्किने हो । तिनलाई सुधारको दबाब दिन बालेनहरूले डेलिभर गर्न सक्नुपर्छ । अब बालेनले देशै तरंगित हुने गरी चामत्कारिक डेलिभरी गर्न सके भनेचाहि“ नया“ दल प्रभावकारी हुने अपेक्षा गर्न सकिन्छ । संरचनागत सुधार गर्न चाहनेले पहिले आफैँ परिवर्तन हुनुपर्छ । बालेनहरूले पनि संरचनागत सुधारै चाहेका हुन् भने पहिला आफैँ बदलिनुपर्छ, संकेत त बदलिएको दिएका छन् । हाम्रो समाज जसरी कसैको देवत्वकरणमा हतार गर्छ, दैत्यकरणमा त्योभन्दा बढी नै चटारिन्छ ।