सरकारले वार्ता गरेर समाधान खोज्नुपर्छ

२०७५ चैत १ शुक्रबार १८:१३:०० | विराटनगर

कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग सरकारले वार्ता गरेर समस्याको समाधान खोज्नुपर्ने बताएका छन् । नेपाल टेलिकम वर्कर्स युनियन क्षेत्रीय समिति विराटनगरको १२ औँ अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा शुक्रबार उनले विगतमा मुलुकले हत्या र हिंसाबाट धेरै क्षति व्यहोरेकाले यसतर्फ सरकार सकारात्मक रुपमा जानु पर्ने बताए ।

राष्ट्रिय विखण्डनको धार बोकेको सिके राउतसँग गरेको सम्झौताअनुसार राष्ट्र विखण्डनको नारा त्याग गरेको कुरा सार्वजनिक रुपमा आउनुपर्ने भन्दै न्यायालय र सरकारबीचको तालमेल मिल्नुपर्ने बताए । मुलुकमा अराजकता बढ्न नदिन र विदेशी लगानी भित्र्याउन सरकारले भरपूर प्रयास गर्नुपर्ने उल्लेख गर्दै नेता कोइरालाले मुलुकमा बेथिति बढ्न नदिन सरकारलाई गम्भीर बन्न आग्रह गरे 

प्रतिकृया दिनुहोस