
नेपाल बैंक लिमिटेडले एकैदिन काठमाडाैं उपत्यकाका चार स्थानमा शाखा स्थापना गरी सञ्चालनमा ल्याएको छ । बैंकले टोखा नगरपालिकाले ग्रिनल्यान्ड, नागार्जुन नगरपालिकाको रानीवन चोक, सीतापाइला चोक र पुरानो बानेश्वरमा शाखा सञ्चालनमा ल्याएको हो ।
ग्रिनल्यान्ड शाखाको नेपाल सरकारका सचिव एवं नेपाल बैंकका अध्यक्ष सुमनराज अर्याल तथा टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले संयुक्त रूपमा समुद्घाटन गरेका थिए । अन्य तीन शाखाको भने सफ्ट लन्चसहित कारोबार सुरु गरिएको बैंकले जनाएको छ ।
ग्रिनल्यान्ड शाखाको समुद्घाटनपछि टोखा नगरपालिकाका मेयर अधिकारीले ग्रिनल्यान्डमा नेपाल बैंकको शाखा स्थापनाले नगरवासीलाई वित्तीय कारोबार गर्न अझै सहज बनाउने बताए । बैंकका अध्यक्ष अर्यालले ग्रिनल्यान्ड शाखाले यसआसपासका जनतालाई बैंकिङ कारोबार गर्न सहज तुल्याउने विश्वास व्यक्त गर्दै आमनेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिनप्रतिदिन बढ्दै गइरहेको बताए ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले विसं १९९४ मा स्थापित नेपालको पहिलो बैंकले देशका विभिन्न भूगोल र क्षेत्रमा आपूmलाई उभ्याउँदै बैंकिङ सेवा दिने क्रममा टोखा नगरवासीको सेवाका लागि शाखा स्थापना गरिएको बताए । नयाँ शाखासहित बैंकले देशभरमा दुई सय १७ शाखा, एक सय ७९ एटिएम र ४८ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको जनाएको छ ।