Skip This
सर्लाहीको बरहथवामा कटुवालले बाजी मारिन्
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ९ सोमबार
  • Tuesday, 13 May, 2025
श्रवण थापा सर्लाही
२o७९ जेठ ९ सोमबार १o:o९:oo
Read Time : > 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

सर्लाहीको बरहथवामा कटुवालले बाजी मारिन्

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o७९ जेठ ९ सोमबार १o:o९:oo

सर्लाहीको बरहथवा नगरपालिकामा एमालेले जित हासिल गरेको छ ।  सम्पन्न मतगणनाकाे परिणामअनुसार बरहथवा नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका हुन् । मेयरमा विजयी भएकी कटुवालले जितसँगै जिल्लामा पार्टीको अस्तित्वसमेत जोगाएकी छिन् । जिल्लाको मतगणना सम्पन्न भइरहँदा एमालेले सर्लाहीमा पहिलो र अन्तिम खाता खोलेको हो ।

जिल्लाको पहिलो महिला मेयरमा निर्वाचित कटुवालले पाँच हजार ६ सय सात मतको भारी अन्तरले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार एवं निवर्तमान मेयर देवानन्द महतोलाई पराजित गरेकी हुन् । मेयरमा निर्वाचित कटुवालले कुल १२ हजार दुई सय ७३ मत प्राप्त गर्दा, निकटतम प्रतिस्पर्धी महतोले ६ हजार ६ सय ६६ मत मात्र पाए र पराजित हुन पुगे ।

निर्वाचित कटुवाल ०७४ को स्थानीय तह निर्वाचनमा महतोसँग  पराजित भएकी थिइन् । कटुवालको जितलाई यस पहिलाको बदलाको रूपमा समेत अर्थ्याइएको छ । यस्तै, उपमेयरमा पनि नेकपा एमालेका उम्मेदवार रामबाबुप्रसाद साह विजयी भएका छन् । साहले दुई हजार सात सय ८४ मत अन्तरले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी गंगा दहाललाई पराजित गरे । उपमेयरमा निर्वाचित साहले कुल नौ हजार नौ  सय एक मत प्राप्त गर्दा निकटतम दाहालले सात हजार एक सय १९ मत मात्र प्राप्त गरिन् । 

यस्तै, बरहथवा नगरपालिकाको वडाध्यक्ष पदमा एमालेका सात, नेपाली कांग्रेसका ६,  जनता समाजवादीका दुई र माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी, बहुजन एकता पार्टी नेपालका एक–एकजना विजयी भएका छन् । वडा नम्बर १ मा लोसपाका राकेश सहनी, २ मा एमालेका चेतबहादुर राउत विजयी भएका हुन् । 

यस्तै, ३ मा कांग्रेसका नन्दकिशाेर महतो, ४ मा एमालेका कृष्णकुमार साह, ५ मा कांग्रेसका शिवकुमार सिङ कोइरी, ६ मा कांग्रेसका मोहमद अफताब आलम, ७ मा कांग्रेसका रामप्रकाश दास, ८ मा एमालेका राजकिशोर महतो, ९ मा माओवादीका तुलसीप्रसाद लुइँटेल, १० मा बहुजन एकता पार्टीकी शर्मिलाकुमारी राम विजयी भएकी छिन् । 

११ मा कांग्रेसका नवराज राई, १२ मा कांग्रेसका रामजी राय यादव, १३ मा एमालेका राजगिर दर्जी, १४ मा जसपाका दीपेन्द्रप्रसाद यादव, १५ मा एमालेका रामबहादुर चौधरी, १६ मा एमालेका लक्ष्मीनारायण महतो, १७ मा जसपाका रामविश्वास राय र १८ नम्बर वडामा एमालेका अरविन्दकुमार यादव विजयी भएका छन् ।