Skip This
सामाजिक सञ्जालमा 'भाइरल' बलात्कार घटनाको पीडकलाई कारबाहीको दायरमा ल्याउन गगन थापाको माग
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ६ शुक्रबार
  • Saturday, 27 July, 2024
मुख्य समाचार डिजिटल संस्करण

सामाजिक सञ्जालमा 'भाइरल' बलात्कार घटनाको पीडकलाई कारबाहीको दायरमा ल्याउन गगन थापाको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ ६ शुक्रबार १४:३४:oo

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले एक युवतीले सामाजिक सञ्जालमार्फत् आफूलाई बलात्कार भएको घटना सार्वजनिक गरेको उल्लेख गर्दै घटनामा संलग्न पीडकलाई कारबाही गर्न माग गरेका छन्। शुक्रबारको प्रतिनिधिसभा बैठकमा थापाले युवतीले ८ वर्ष अघि बलात्कृत भएको घटना सार्वजनिक गरेको उल्लेख गर्दै आरोपितलाई अनुसन्धानको दायरामा ल्याउन सरकार समक्ष माग गरे।

‘सम्माननीय सभामुख महोदय, हिजो साँझ घर जाँदाखेरी श्रीमती र दुईवटा साना–साना छोरीहरु सामाजिक सञ्जालमा आएको एउटा नौजवान युवतीको एउटा भिडियो जसमा ८ वर्ष अगाडी आफूलाई वलात्कार गरेको घटना उनले बताइरहेकी थिइन्। त्यो हेरिरहेको, त्यसको प्रतिक्रिया उनीहरुको अनुहारमा परेको, मेरो छोरी डराएको म त्यो क्षण अहिले सम्झिरहेको छु। त्यसैले म यो विषयमा प्रवेश गर्नुभन्दा पहिला सम्माननीय सभामुखमार्फत् नेपाल सरकारलाई यत्रो विषय सार्वजनिक भइसके पछाडी तत्कालै जसलाई अभियोग लागेको छ, तत्कालै अनुसन्धानको दायरामा ल्याउनको निम्ति हार्दिक आग्रह गर्न चाहान्छु,’ थापाले भने।

उनले बलात्कारको घटनाको हदम्यादको सम्बन्धमा पनि पुर्नविचार गर्नुपर्ने बताए। उनले भने, 'यही संसदबाट बनाएको बलात्कारसम्बन्धी कानुन हाम्रो फौजदारी संहिताको खासगरी हदम्यादसम्बन्धी विषयको सम्बन्धमा पुर्नविचार गर्न पनि सरकारलाई निर्देशन दिनका लागि सम्माननीय सभामुखलाई हार्दिक अनुरोध गर्न चाहान्छु।'

केही दिनअघि एक युवतीले आफुलाई ८ वर्षअघि सुन्दरी प्रतियोगिताको आयोजकले बलात्कार गरेको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी थिइन्। उनको न्यायको लागि सामाजिक सञ्जालमा चर्को आवाजहरु आएका छन् भने पीडकलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ। सो विषयले आज संसदमा पनि प्रवेश पाएको हो।