१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ४ बुधबार
  • Sunday, 06 July, 2025
२o७९ जेठ ४ बुधबार १४:४७:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

रसुवामा १.०३ प्रतिशत मत पूर्ण बदर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ४ बुधबार १४:४७:oo

रसुवामा एक प्रतिशतभन्दा बढी मत पूर्ण रपमा बदर भएको छ। शुक्रबार भएको स्थानीय तह निर्वाचनमा जिल्लामा १.०३ प्रतिशत मत पूर्ण रपमा बदर भएको हो।

३८ हजार पाँच सय ४५ मतदाता रहेका रसुवामा ३० हजार चार मत खसेको थियो। जसमध्ये तीन सय १० वटा मत पूर्ण बदर भएको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए।  ०७४ सालमा भएको निर्वाचनको तुलनामा यसपटकको निर्वाचनमा निकै कम मत बदर भएको उनले बताए। ०७४ को निर्वाचनमा २२ हजार ६ सय ८९ मत खसेको थियो। जसमध्ये एक हजार ६ सय २८ मत अर्थात् ७.०५ प्रतिशत बदर भएको थियो।

मतपरिणामअनुसार जिल्लाको आमाछोदिङमाे गाउँपालिकामा ३२, उत्तरगयामा ३७, कालिकामा ३९, गोसाइँकुण्डमा १३ र नौकुण्डमा एक सय ८९ मत बदर भएको छ। यसपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन नभए तापनि जिल्लामा बदर मतको संख्या कम देखिएको जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले बताए।

जिल्लाको आमाछोदिङमोमा पाँच हजार ६० मतदातामध्ये चार हजार दुई सय १४, उत्तरगयामा आठ हजार चार सय दुई मध्ये ६ हजार पाँच सय १६, कालिकामा आठ हजार ६ सय ५६ मध्ये ६ हजार सात सय ७३, गोसाइँकुण्डमा पाँच हजार आठ सय ९० मध्ये चार हजार सात सय ७३ र नौकुण्डमा १० हजार पाँच सय ३७ मध्ये सात हजार सात सय २६ जनाले मतदान गरेका थिए।