बलियो अर्थतन्त्रको आधार बृहत् क्षेत्र

२०७५ चैत १ शुक्रबार १०:३०:००

विश्व अर्थ

सन् २००८ को विश्वव्यापी संकटको अनुमान लगाउन अधिकांश अर्थशास्त्रीहरू असफल भएपछि आर्थिक पेसामाथि नै प्रश्न उठ्यो । त्यसयता विश्व अर्थतन्त्र पुनर्बहाली हासिल गर्न संघर्षरत छ । त्यसपछिका वर्षहरूमा विश्व अर्थतन्त्र न्यून, असमान वृृद्घिको चपेटामा आयो भने हाल हामी अर्थशास्त्रीले व्याख्या गर्न नसक्ने आर्थिक र वित्तीय घटनाहरूको बढ्दो सूचीको साक्षी बनिरहेका छौँ । 

बेलायती महारानी एलिजावेथ द्वितीयले सन् २००८ को नोभेम्बरमा भएको संकटबारे कसैले पनि किन अनुमान लगाउन सकेनन् भन्ने प्रश्न बारम्बार सोध्दै आएकी छिन् । अधिकांश नागरिकले आर्थिक घटनाक्रमलाई बुझाउने र त्यसको पूर्वानुमान गर्ने अर्थशास्त्रीको क्षमतामाथि नै शंका व्यक्त गरेका छन् । नीति–निर्मातालाई एक्लै दिशानिर्देश गर्ने अनुमति दिएर हेरौँ भन्ने केहीको तर्क छ । केही सर्वेक्षणले अर्थशास्त्रीलाई सबैभन्दा कम विश्वसनीय पेसा (पक्कै पनि राजनीतिज्ञपछि अर्थशास्त्रीको विश्वास पनि गुमिसकेको छ)का रूपमा पनि सूचीकृत गरेका छन् ।

वित्तीय मन्त्रालय र केन्द्रीय बैंकको शीर्ष पदको उम्मेदवारका लागि राम्रो आर्थिक प्रशिक्षण अब आवश्यकता रहेन । यसले उनीहरूको विज्ञतासँग प्रत्यक्ष सम्बन्धित रहेका कुराको निर्णय निर्माणमा सूचीकृत गर्न र प्रभुत्व जमाउने अर्थशास्त्रीको क्षमतालाई झ्न कमजोर पारिदियो । 

आफैँले थोपरेका रुढिवादी सिद्धान्तप्रतिको निर्भरता नै आफ्नो प्रतिष्ठा खस्किँदै जानुको प्रमुख कारण रहेको अर्थशास्त्रीहरू बताउँछन् । अन्तरविषयक दृष्टिकोणप्रति थप उदार बनेर र मौजुदा विश्लेषक साधनको व्यापक प्रयोग गरेर (विशेष गरी व्यावहारिक विज्ञान र गेम सिद्धान्तद्वारा प्रस्तावित) मुख्य धारको अर्थशास्त्रले आफ्ना कमजोरीको सामना गर्न सुरु गर्न सक्छन् । 

यो चुनौतीको सामना गर्न तत्काल आवश्यक रहेको हालै भएका तीनवटा विकासहरूले जोड दिएका छन् । विश्व आर्थिक मञ्चको सन् २०१८ र सन् २०१९ को वार्षिक सम्मेलनबीचको १२ महिनाको अवधिमा सहभागीहरू समकालीन विश्वव्यापी आर्थिक गतिको उत्सवबाट विश्वव्यापी सुस्तीको चिन्तामा डुबे । युरोपेली आर्थिक विकास कमजोर हुने सम्भावना हुँदाहुँदै पनि सम्झौताको गति र परिमाणको परिवर्तनलाई आर्थिक वा वित्तीय विकासले ग्यारेन्टी दिएको छैन । यसले अर्थशास्त्रीहरूले प्रारम्भिक अवस्थालाई गलत बुझेको पनि हुन सक्ने संकेत दिएको छ । 

मौद्रीक नीति, अर्को चिन्ताको विषय हो । बरु, उनीहरूले अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ ‘फेड’को थप पारदर्शिता सधैँ राम्रो कुरा हुन्छ भन्ने कुरालाई अँगाल्न जारी राखेका छन् । गत वर्षको चौथो त्रैमासमा भएजस्तो आर्थिक वृद्घिका लागि खतरनाक हुन सक्ने वित्तीय अस्थिरताको गम्भीर मामिलालाई एकदमै सानो गल्तीले पनि गति दिन सक्ने तथ्य साबित भएको भए पनि व्यावसायिक अर्थशास्त्रीहरूले फेडको सञ्चार रणनीतिले सामना गर्नुपर्ने चुनौतीका बारेमा पर्याप्त बोलेका छैनन् । बरु, उनीहरूले फेडको पारदर्शिता सधैँ राम्रो कुरा हो भन्ने समकालीन सोचलाई अँगालेका छन् । 

फेडका पूर्वप्रमुख एलन ग्रिनस्प्यानको फेडस्पिक युगबाट धेरै टाढा आइसकेका छौँ । तर, यसले नयाँ समस्या अर्थात् ‘भ्रामक स्थिति’ निम्त्याएको छ । हाल फेडले आफ्ना हरेक नीतिगत बैठक विज्ञप्ति, माइन्युट, ट्रान्सक्रिप्ट, ब्लु डट प्लट र पत्रकार सम्मेलन जारी गर्दै सञ्चालन गर्छ । यसले तरलता प्रवाह र बढ्दो अनिश्चयको अवस्थामा निकै दुर्लभ रहेको बजारमा मिलावटको स्तरप्रति संकेत दिन्छ । 

धेरै उत्कृष्ट हुन्छ भन्ने सोचमा मात्रै लाग्नु सट्टा, अर्थशास्त्रीहरूले फेडलाई बैंक अफ इंग्ल्यान्डले अपनाएको जस्तै परिदृश्य विश्लेषण र प्रशंसक चार्टमा जोड दिने खालको दृष्टिकोण अपनाउन आग्रह गर्नुपर्छ । अर्थशास्त्रीले फेडको नीतिगत ढाँचा र सञ्चार रणनीतिमाथि भइरहेको समीक्षालाई सूचित गर्न र सम्भवतः प्रभावित गर्न थप आवश्यक कार्य गर्न आवश्यक छ । आखिर अनियमित सूचनामाथिको आर्थिक साहित्यले के सुझाउँछ भने उत्कृष्ट नीतिगत परिणामका लागि फेडबाहिरका अर्थशास्त्रीको इनपुट उपयुक्त साथै अत्यावश्यक पनि छ ।

तेस्रो चिन्ताको विषय हो, चीन–अमेरिका व्यापार युद्ध जो आफ्नो राजनीतिक प्रकृतिका कारण बढी विवादास्पद बनेको छ । अधिकांश अर्थशास्त्रीहरू महसुल सधैँ सबैका लागि खराब नै हुन्छ भन्ने पुरातन तर्कबाट टाढा भाग्दै आएका छन् । यसो गर्दा उनीहरूले व्यापारले प्रतिबद्धता गरेको लाभ बजार र संस्थागत कमीका कारण अपर्याप्त हुन सक्छ भन्ने देखाउँदै आफ्नो कामलाई नै बेवास्ता गर्न पुगेका छन् । यस विवादमा व्यापार युद्धको ‘के’ र ‘कसरी’ बीचको भिन्नता पत्ता लगाउन उत्पादनशील योगदान दिन चाहनेले गेम सिद्धान्तको साधन प्रयोग गरेर थप सूक्ष्म दृष्टिकोण अपनाएको भए हुने थियो । 

यी तीन अर्थशास्त्रीले बल कसरी खसाले भन्ने कुराको उदाहरण मात्र हुन् । यससँगै अर्थशास्त्रीहरू हालैको उत्पादनशील विकास, बढ्दो असमानताको प्रभाव, युरोजोनमा जारी ऋणात्मक ब्याजदर, अन्य अपारम्परिक मौद्रिक नीतिगत उपाय र युरोपेली वृद्घिमा आएको आकस्मिक सुस्तीजस्ता कुराको व्याख्या गर्न संघर्षरत छन् । साथै उनीहरू ब्रेक्जिट गाथा र पश्चिमी क्षेत्रमा भएको क्रोध र एक्लोपनको राजनीतिक विस्फोटलाई कम गर्न पनि असफल रहे । 

वास्तविक विश्वको उपयोगितालाई पुरस्कृत गर्ने गणितीय प्रविधिमाथिको अत्यधिक निर्भरता र पेसाले सरल सैद्धान्तिक धारणालाई अँगालेको समयमा यी कुनै पनि कुरा ठूलो आश्चर्य होइन । एकातिर मुख्य धारका अर्थशास्त्रीले सन्तुलित अवस्थालाई निकै विश्लेषणात्मक महत्व दिएका छन् भने अर्कोतिर ट्रान्जिसन र टिपिङ पोइन्टको महत्वलाई भने बेवास्ता गरेका छन् (यसमा एकभन्दा बढी सन्तुलित परिदृश्यलाई भने उल्लेख गरिएको छैन) । र, पेसा वित्तीय सम्बन्ध, व्यावहारिक ज्ञान अन्तर्दृष्टि, प्राविधिक नवप्रवर्तन, जलवायु परिवर्तन र चीनको उदयलगायतका तीव्र रूपमा उदाइरहेका भौतिक र संरचनात्मक शक्तिको उपयुक्त व्याख्या गर्न लगातार असफल भइरहेको छ । 

सुधारका लागि प्रशस्त सम्भावना रहेको र मानव अन्तक्र्रिया, आर्थिक फिडब्याक संयन्त्र, वितरण प्रभाव र प्राविधिक परिवर्तनलाई विचार गर्न आफ्नो क्षेत्रलाई विस्तार र थप फराकिलो बनाउन जरुरी रहेको यी सबै कुराले अर्थशास्त्रीलाई के बुझाउन सक्नुपर्छ भने यसको मतलब क्षेत्रभित्र नयाँ विश्लेषण मोडलको प्रयोग गर्नु मात्रै होइन । अर्थशास्त्रीले पेसाले बेवास्ता गरेको अन्य क्षेत्रको अन्तर्दृष्टिलाई पनि समावेश गर्नुपर्छ । 

लामो समयसम्म ‘उच्च पुजारी’को वर्चस्व रहेको अनुशासनले अब थप खुला मानसिकता अपनाउनुपर्छ । यसको अर्थ कम्तीमा पनि क्षेत्रभित्रको विविधता र समावेशीमा सुधार ल्याउन अचेतन निष्पक्षतालाई स्वीकार र सम्बोधन गर्नु भन्ने हो । यसको अर्थ अनुशासन र वितरण प्रभावसँग सम्बन्धित दृष्टिकोणमाथि थप केन्द्रित हुनु र गणितीय मोडलको शुद्धता, औसत अवस्था र वितरकको आम्दानीमा कम जोड दिनु पनि हो । यस्ता संस्थागत परिवर्तनका लागि बढी र उत्कृष्ट बौद्धिक तथा संस्थागत सुरक्षित जोनको आवश्यकता पर्छ । त्यसपछि विश्लेषक विघटनलाई यसले उत्पादनशील दिशातर्फ व्यवस्थापन र प्रवाह गर्छ ।

महत्वपूर्ण समायोजनविना मूलधारका अर्थशास्त्रीहरू वास्तविकतालाई परिवर्तन गर्ने कुरामा दुई कदम पछाडि पर्छन् र अर्थशास्त्रीको विश्वसनीयता तथा प्रभावमा थप कमी आउन सक्ने जोखिम पनि बढ्छ । जलवायु परिवर्तन, राजनीतिक उतार–चढाव र प्राविधिक विघटनको चिन्ता बढिरहेको यो युगमा मूलधारका अर्थशास्त्रका कमी–कमजोरीलाई तीव्रताका साथ सम्बोधन गर्न आवश्यक छ ।

Project Syndicate 2019
नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्य

एलियानाजका प्रमुख आर्थिक सल्लाहकार मोहम्मद ए अल एरियन अमेरिकी राष्ट्रपति बाराक ओबामाको विश्वव्यापी विकास परिषद्का अध्यक्ष पनि थिए ।

प्रतिकृया दिनुहोस