१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ जेठ ३ मंगलबार २१:४४:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

तनहुँको रिस्तीमा बुधबार पुन: मतदान 

Read Time : < 1 मिनेट
२०७९ जेठ ३ मंगलबार २१:४४:००

व्यास नगरपालिका– ८ रिस्तीमा बुधबार पुन: मतदान हुँदै छ। भवन फेदी मतदान केन्द्र ‘क’ र ‘ख’ मा बुधबार मतदान गर्न लागिएको हो। मतदान बिहान ७ बजेबाट सुरु हुने मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले बताए। 

‘बुधबार हुने निर्वाचनको लागि सम्पूर्ण तयारी पूरा भएको छ,’ उनले भने, ‘मतदानस्थल वरिपरि अनधिकृत व्यक्तिलाई प्रवेश निषेध गरिएको छ भने उक्त वडाभित्र सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।’ 

३० वैशाखमा भएको निर्वाचनका वेला स्वतन्त्र उम्मेदवार दीपकराज जोशीमाथि आक्रमण भएपछि निर्वाचन आयोगले उक्त केन्द्रको मतदान रद्ध गरी पुन: मतदान गर्ने निर्णय गरेको थियो।  नेपाली कांग्रेसका कार्यकर्ताको कुटाइबाट घाइते भएका जोशी अहिले काठमाडौंको फ्रन्टलाइन अस्पतालमा उपचाररत छन्। पुन: मतदान हुने केन्द्र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गाउँ हो।