यसरी गर्ने नसा च्यापिने समस्याको प्राकृतिक उपचार

२०७५ चैत १ शुक्रबार ०८:०४:०० | काठमाडौं

आजकाल धेरै मानिस कम्मर, ढाड र गर्दन दुख्ने समस्याले पीडित भएको पाइन्छ । यस्तो समस्यालाई समग्रमा नसा च्यापिएको भनिन्छ । सुरुमा यो समस्या सामान्य देखिए पनि यसको दीर्घकालीन असरसमेत गर्न सक्छ । त्यसैले, यस्तो समस्याका कारण र दीर्घकालीन समाधान खोज्न जरुरी छ 

कारण र लक्षण
विशेषगरी, अग्लो ठाउँबाट लड्दा वा सवारी  दुर्घटनामा पर्दा हड्डी भाँचिएर नसा च्यापिने गर्छ । 
गह्राैँ भारी उचाल्ने, लामो समयसम्म कुर्सीमा बस्ने, धेरैबेर निहुरिएर काम गर्ने, धेरै मोटरबाइक चलाउनेमा यस्तो समस्या देखिन्छ । 
यस्तै, लामो रुटका गाडी चलाउने, वैदेशिक रोजगारीमा गएर जोखिम काम गर्ने, व्यस्त गृहिणी र तौल बढी भएकामा यस्तोे समस्या देखिने गर्छ । उल्लेखित काम गर्ने मानिसका मेरुदण्डका जोर्नीका बीच अत्यधिक बल पर्ने हुनाले विस्तारै हड्डी खिइन थाल्छन् र नसामा दबाब पर्छ ।
हड्डी खिइन सुरु भएपछि हाडको जोर्नी र त्यसको वरिपरि टाँसियर रहेका लिगामेट र मांसपेसीमा दबाब सिर्जना हुन्छ अनि दुख्न थाल्छ । 
सुरु–सुरुमा बाक्लो गद्दामा सुत्दा मात्र यस्तो दुखाइको महसुस हुन्छ । ओल्टो–कोल्टो फर्केने वेला र झुकेर काम गर्दा कम्मरमा बढी 
पीडा हुन्छ । 
यस्तो दुखाइलाई सामान्य मानेर चिकित्सकको सल्लाह नलिई बजार पाइने पेन किलर खाएको खण्डमा समस्या झनै बढ्न जान्छ र कम्मर, ढाड तथा गर्दनको नसा च्यापिन पुग्छ । 
कतिपय अवस्थामा कम्मर दुखाइ पैतालामा पुग्छ । खुट्टा झम्झमाउँछ र पोल्ने गर्छ ।
गर्दनको दुखाइमा पाता हुँदै हातसम्म दुख्ने, झमझम गर्ने र पोल्ने गर्छ । योग तथा प्राकतिक चिकित्सामा यस्ता समस्यालाई  जीवनशैली रोगको रूपमा हेरिन्छ । उचित आहार, व्यायाम तथा पर्याप्त निद्रा र आराममा विचार नपु-याउँदा यस्ता समस्या बढ्दै जान्छन् । 
रोकथाम र उपचार
 रिड व्यायाम (मेरुदण्डका लागि गरिने योग), उत्तानपादासन (सुतेर गर्ने आसन), सलभासन, कन्दरासान (अर्धपवनमुक्त आसन), धनुरासनजस्ता आसन गर्नुपर्छ
त्यस्तै, तेल मालिस, तातो कटिस्नान,  कम्मर, ढाड, गर्दन  र खुट्टाको तातोपट्टि, वाष्पस्नान, इन्फ्रारेड सेक, आदिजस्ता प्राकृतिक चिकित्सा उपचार विधिबाट यस्ता समस्यालाई सदाको निम्ति निर्मूल पार्न सकिन्छ । 
तर, रोगको दीर्घकालीन समाधानका लागि प्राकृतिक आहार, उचित व्यायाम, उचित निन्द्रा तथा विश्रामजस्ता जीवनशैलीमा ध्यान दिनुपर्छ । अनि मात्र नसा च्यापिएको समस्याबाट मुक्त भई अरू रोगबाट बच्नसमेत मद्दत पुग्छ ।

 

 

 

प्रतिकृया दिनुहोस