विप्लव समूहमाथि लगाएकाे प्रतिबन्ध ठिक छ : नेता नेपाल

२०७५ फाल्गुण ३० बिहीबार १९:४९:०० | काठमाडाैं

पूर्व प्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपालले नेत्रविक्रम चन्द 'विप्लव' समू्हप्रति सरकारले लगाएकाे प्रतिबन्ध सकारात्मक भएकाे बताएका छन् । पूर्व अर्थमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारीको १३ औँ दिनकाे पुण्यतिथीमा आयाेजित श्रद्धाञ्जलीपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेपालले विप्लव समूहमाथि लगाएकाे प्रतिबन्ध सकारात्मक भएकाे बताएका हुन् ।

कार्यक्रममा बाेल्दै नेता नेपालले विप्लव समूहमाथि लगाएकाे प्रतिबन्धले हत्या–हिंसाको बाटो छाेडेर शान्तिपूर्ण बाटोमा आउन सहयोग पुग्नेछ । उनले भने, 'उहाँहरुमा के भ्रम छ भने बन्दुककाे बलमा राज्यलाई तह लगाउन सकिन्छ ।' 

'पुराना माओवादी साथीहरुलाई शान्ति प्रक्रियाको पहल गरी आउनुहाेस्, हिंसाकाे बाटो अबलम्बन नगर्नुस भनेकाे थिएँ,' नेता नेपालले भने, 'अहिलेका साथीहरुलाई पनि त्यही भन्न चाहान्छु, तपाईको उद्देश्य समाजवाद र कम्युनिष्ट पार्टीको शासन ल्याउने हो भने बन्दुकबाट के ल्याउनुहुन्छ ? कसलाई मार्न चाहानु हुन्छ ? पाखुरीको बलमा सक्छु भन्ने लाग्छ भने भ्रमबाहेक केही हुन सक्दैन ।' चन्दा, बम आंतकले विकास हुँदैन् । पार्टीभित्र पहिले छलफल हुन सकेको भए, कसरी राम्रो प्रक्रिया गर्न सकिन्थ्याे भन्ने हो । तर, सरकारको कदममा आलोचना गर्नु पर्ने स्थिति छैन ।

प्रतिकृया दिनुहोस