मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ बैशाख २१ बुधबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख २१ बुधबार १५:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

व्यापारिक कम्प्लेक्स होइन, टोलटोलमा पार्क र ज्येष्ठ नागरिक भवन बनाउँछौँ : सिर्जना सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख २१ बुधबार १५:३१:oo

काठमाडौं महानगरपालिकामा मेयरकी उम्मेदवार सिर्जना सिंहले खाली स्थानमा पार्क र ज्येष्ठ नागरिक भवन बनाउने बताएकी छिन्।  शिक्षक संघको महानगर समितिले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै उनले आफ्नो प्राथमिकतामा व्यापरिक कम्प्लेक्स बनाउने योजना नरहेको बताएकी हुन्। 

‘महानगरका खाली स्थानमा ज्येष्ठ नागरिक भवन बनाउनेछौँ, पार्क बनाउनेछौँ, तर हामी व्यापारी कम्लेक्स बनाउने छेनौँ,’ उनले भनिन्, ‘अहिले महानगरको जग्गा व्यापारिक कम्प्लेक्स बनाएर सकाउने काम भएको छ हामी त्यस्तो गर्नेछैनौँ।’

कार्यक्रममा बोल्दै सिंहले काठमाडौं मुलुकको राजधानी पनि भएकोले सफा काठमाडौं बनाउनुको विकल्प नरहेको बताइन्। अहिलेको नेतृत्वले फोहोरसमेत व्यवस्थापन गर्न नसक्नु दुर्भाग्य भएकोसमेत बताइन्। 

‘हामी काठमाडौंलाई फोहोर हुन दिनेछैनौँ, विदेशी आउँदा नाक खुम्च्याउने छैनन्,  सम्पदाको संरक्षण गर्नेछौँ,’ सिंहले भनिन्, ‘भ्रष्टाचारमुक्त काठमाडौं बनाउने हो, डिजिटल प्रविधिको प्रयोग गरेर घरबाटै सेवा दिने हो। यहाँ ७७ वटै जिल्लाबाट आएर नागरिक बस्नुभएको छ, कसैप्रति विभेद हुँदैन, सबैलाई समान व्यवहार गर्नेछौँ।’