![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/accident2021-09-24-07-38-35.jpeg)
काभ्रेको रोशी गाउँपालिका– ११ स्थित बिपी राजमार्गमा पर्यटक बोकेको भारतीय फोर्स गाडी र टाटासुमो ठोक्किँदा एकजना बालकसहित पाँचजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार ना.१ज ४२१० नम्बारको टाटासुमो सिन्धुलीबाट काठमाडौ आउँदै गरेको र युपी ५८ टी ८१८१ नम्बरको भारतीय फोर्स काठमाडौंबाट सिन्धुलीतर्फ जाने क्रममा रोशी– ११ बढुबेँसीमा दुर्घटना भएको हो ।
सोही दुर्घटनामा २५ जना भन्दा बढी घाइते भएको खतिवडाले बताए । मृत्यु हुनेमा एक अन्दजी ६ वर्षीय बालकसहित आमाको पनि मृत्यु भएको उनले बताए । मृत्यु हुने पाँचैजना नेपाली रहेको सूचना अधिकारी खतिवडाले बताए । घाइतेहरूलाई उपचारका लागि धुलिखेल अस्पतालमा ल्याइएको छ । दुवै गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धन भइरहेको खतिवडाले बताए ।